पतिको मृत्यु प्रमाणपत्र बनाउन ११ वर्षदेखि भौतारिँदैछिन् यी महिला

पतिको मृत्यु प्रमाणपत्र बनाउन ११ वर्षदेखि भौतारिँदैछिन् यी महिला
प्रतिकात्मक तस्वीर

मृत्यु भइसकेका व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र सहजै बन्छ । तर एक महिला आफ्ना पतिको मृत्यु प्रमाणपत्र बनाउन ११ वर्षदेखि भौतारिँदैछिन् ।


Advertisement

भारतको राजस्थानस्थित दौसाकी महिला गुलाब देवी पतिको मृत्यु प्रमाणपत्रका लागि सरकारी अधिकारी, मन्त्री, विधायक, पियन सबैलाई भेटिसकेकी छन् तर कतैबाट पनि काम भइरहेको छैन ।


Advertisement

वर्षाैंदेखि भौतारिँदा समेत मृत्यु प्रमाणपत्र नमिलेपछि अब ती महिला प्रशासन कार्यालयको गेटमा धर्नामा बसेकी छन् । पीडित महिलासँग अन्य व्यक्ति समेत धर्नामा बसेका छन् ।

पीडितका पति जयराम मीणाको सन् २०१० मा आन्ध्र प्रदेशको विशाखापट्टनममा एक कम्पनीभित्र काम गर्ने क्रममा मृत्यु भएको थियो । २० सेप्टेम्बर २०१० मा मृत्यु भएपछि २१ सेप्टेम्बरमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम विवरणमा मृतकका बुवाको नाम तेजाराम हुनुपर्नेमा बलराम लेखिएपछि समस्या भएको छ ।


Advertisement

मृतकको बुवाको नामको गडबडीका कारण वर्षाैंसम्म मृत्यु प्रमाणपत्र पाइएको छैन । सरकारी अधिकारीले त्रुटिको समाधान समेत निकालेका छैनन् । पीडित महिलाले गलत नाम लेख्ने विशाखापट्टनम अस्पतालका चिकित्सकमाथि कारवाहीको माग गरिरहेकी छन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्