नक्कली नोटसहित २ जना भारतीय पक्राउ

प्रतिकात्मक तस्वीर

औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।


Advertisement

पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नम्बर १३ बस्ने शंकर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीेका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।


Advertisement

शुक्रवार राति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरूको साथबाट १००० का २२ थान, ५०० का ३ थान, १०० का २७ थान, ५० का ६ थान,  २० का ८ थान, १० का ११ थान, ५ का ६ थान र भारु १०० का ३ थान नोट बरामद गरेको थियो  ।

पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि शनिवार बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । 


Advertisement

कमेन्ट गर्नुहोस्