फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
तेह्रथुमको साविक आङदिम–८ बस्ने शेरबहादुर विश्वकर्माका बुवाबाजेले गाउँमा घरायसी औजारहरू निर्माण गरिदिन्थे र वार्षिकरूपमा गाउँबाट अन्न जम्मा गरेर जीविका चलाउने गर्थे ।
दशैंतिहार नयाँ वर्ष लगायतका चाडपर्वमा आफूले गरेको परिश्रम बापतको अन्नबाली ल्याएर छोराछोरी तथा परिवारको जीविका चलाउने गरेका थिए । बालीमा काम गर्नेलाई ‘बालीघरे’ समेत भन्ने गरिन्थ्यो ।
सानै उमेरदेखि नै बुवाले खुकुरी लगायतका औजारहरू बनाउँदा शेरबहादुरले देख्दादेख्दै सिके । आफूले पनि बुवाको सीपलाई प्राथमिकता दिएर बालीघरे प्रथामै काम गरेको उनी बताउँछन् ।
यसरी परिवार पाल्न समस्या हुने देखेर उनी तत्कालीन शाही नेपाली सेनामा जागिर खान गए । केही समय जागिर खाएका शेरबहादुरलाई जागिर छाड्न चर्को दबाब पर्यो । कारण थियो नेपालमा चर्किएको माओवादी सशस्त्र द्वन्द्व ।
तत्कालीन विद्रोही नेकपा माओवादीले द्वन्द्व शुरू भएपछि आमाबुवा, पत्नी र भाइहरूले जागिर छाडेर आउन दबाब दिएपछि उनी जागिर छाडेर घरमा आएर बसे । गाउँमा गएपछि उनलाई ज्यान जोगाउन अर्को समस्या आइलाग्यो । द्वन्द्वको समयमा जागिर छाडेर आएको भन्दै सरकार पक्ष र विद्रोही दुवैको नजरमा पर्न थालेपछि उनी वैदेशिक रोजगारीमा कतार गए । कतारमा ६–७ वर्ष बिताएर उनी घर फर्किए ।
उनी घर फर्किएका बेला माओवादीको आन्दोलन झन् चर्किंदै थियो । माओवादीहरूले घरमा आएर ‘जन कि धन दिनुपर्यो’ भनेपछि भाइहरूलाई बचाउन चन्दा दिएको सम्झिन्छन् शेरबहादुर ।
माओवादी घरमा आइरहने भएपछि उनी फेरि वैदेशिक रोजगारीमा गए, २ वर्ष दुबईमा बिताए । उनी घरमा फर्किंदा १० वर्षे द्वन्द्व वार्तासम्म पुगेको थियो । अलिकति पैसा पनि जोडजाम गरेकाले उनी त्यहाँबाट परिवार लिएर मोरङको बेलबारी–१० मा बसाइ सरे ।
बेलबारी आएपछि उनले वैदेशिक रोजगारीमा जानेभन्दा पनि आफ्नै व्यवसाय शुरू गर्ने योजना बनाए । भाइहरूले पनि उनलाई साथ दिए । उनले थोरै लगानीमा बुवाले गरे जसरी नै व्यवसाय शुरू गरे । हँसियाहथौडा, चुलेसी, खुकुरी, खुर्पा लगायतका सामग्रीहरू बनाउन थाले उनी । ‘जति राम्रो बनाउँछु भने पनि राम्रो हुँदैन्थ्यो । बजारमा लग्यो भने मेरो सामग्रीले भाउ पाउँदैन भन्ने लाग्यो,’ शेरबहादुरले भने, ‘केही आधुनिक सामग्री भए मैले बनाउन सक्थे ।’
उनको मनमा पिरलो थियो । यत्तिकैमा विदेशबाट फर्केकालाई उद्यम गर्न नगरपालिकाले सहयोग गर्ने जानकारी शेरबहादुरले पाए । ‘एक दिन नगरपालिकामा गएर बुझें । केही सहयोग गर्ने कार्यक्रम रहेछ,’ उनले भने, ‘अनि सिधैं मेयर ज्ञानेन्द्र सुवेदीको कार्यकक्षमा गएर मेरो योजना र गरिरहेको कामबारे सुनाए । मेयर सा’पले पनि हाँस्दै के सहयोग गर्दा के बनाउनुहुन्छ ? तपाईलाई के–के चाहिने हो ? निवेदनसहित ल्याउनुहोस्, सहयोग हुन्छ भन्नुभयो । मैले निवेदन दिए, उहाँले हेर्नुभयो र अब सम्पर्कमा बस्नुहोस्, तपाईंले भने अनुसारको काम भइहाल्छ भन्नुभयो । उहाँले मेरो घरमै गएर विद्युतीय पंखा, ग्राइन्डर, ड्रिल मशिन, कोइला, तगा, फलाम लगायतका सामग्री दिनुभयो, त्यसपछि भने गरीबका पनि दिन घुर्छन् जस्तो लाग्न थाल्यो ।’
शेरबहादुरले अहिले ३ हजारदेखि १ लाख १० हजार रुपैयाँसम्मका खुकुरी बनाउने गरेका छन् । विश्वकर्मा कृषि औजार उद्योगमा बनेको खुकुरी भन्ने नाम चिनाउने योजना रहेको शेरबहादुर बताउँछन् । ‘सामान्य खालको छ भने ३ हजार, नेपालको चुच्चे नक्सा सहितको १ लाख १० हजार रुपैयाँसम्म पर्छ,’ उनले भने, ‘काठमाडौं–पोखरा लगायतका बजारबाट नेपालको नक्सा सहितको खुकुरीको माग बढिरहेको छ ।’
विदेशबाट फर्केर पुरानै कामलाई नयाँपन दिएपछि अहिले कमाइका खुट्किलाहरू अगाडि बढ्न थालेका उनले बताए । घरका दाजुभाइ मिलेर व्यवसायलाई अगाडि बढाएका छन् । ‘अहिले मैले बनाएका अधिकांश सामग्री नगरपालिकाले आफैं खरिद गरिरहेको छ,’ उनले भने, ‘मायाको चिनोको रूपमा पाहुनालाई दिने गर्नुभएको छ । विदेश निर्यात गरिदिने भनेर नगर प्रमुखले भन्नुभएको थियो, लकडाउनका कारण समस्या भइरहेको छ ।’
वैदेशिक रोजगारीबाट आउनेहरूले ‘केही गर्छौं’ भनेर आए नगरपालिकाले सहयोग गर्ने गरेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । ‘स्थानीयले उत्पादन गर्ने गरेका केही वस्तुलाई मायाको चिनोको रूपमा विदेशतिर समेत पठाउने गरे पनि कोरोनाका कारणले रोकिएको छ,’ उनले भने ।
शेरबहादुरले नचिनेको मानिसले अर्डर गरेको सामग्री नबनाउने बताए । ‘कि त अर्डर गर्नेको पसल हुनुपर्यो, कि त सरकारी कार्यालय । औजार बनाएर दियो, भोलि गएर कतै फट्याइ गरिदिन्छ भन्ने डरले नचिनेको मानिसका लागि बनाउँदैन,’ उनले भने ।
भविष्यमा छोराछोरीलाई पनि यही सीप सिकाउने उनले बताए । ‘द्वन्द्व भएन र उचित बजार तथा सहयोग पाइयो भने विदेशमा कमाए भन्दा नेपालमै राम्रो आम्दानी हुन्छ,’ उनले भने, ‘मैले वैदेशिक रोजगारीमा कमाए जति अहिले घरको काम भ्याएर पनि कमाइरहेको छु ।’
नेपालमा बजारको समस्या रहेपनि अहिले खपत भइरहेको उनले बताए । ‘लकाउनका कारण भारतबाट आउने सामग्री आउन छाडेपछि नेपाली सामग्रीले राम्रो भाउ पाउँदैछ,’ उनले भने, ‘विशेष गरेर लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा भएका खुकुरीहरू सरकारी कार्यालय र ठूलाठूला उद्योग, कलकारखानामा समेत माग बढेको छ ।’
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...