कात्तिक १८, २०८०
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
स्पेनिल ला लिगामा काडिजले पहिलो जित निकालेको छ । शुक्रवार राति भएको खेलमा काडिजले सेल्टा भिगोलाई उसैको मैदानमा २–१ गोलले हरायो ।
काडिजलाई पाँचौं राउन्डमा आएर पहिलो जित दिलाउन एन्थोनी लोजानो र अल्फोन्सो स्पिनोले गोल गरे । सेटा भिगोका सान्ति मिनाले सान्त्वना गोल फर्काए ।
पहिलो हाफमै दुई गोल गरेको काडिजलाई ३८औं मिनेटमा एन्थोनीले हेड गोल गर्दै अग्रता दिलाए । उनले टोमस अर्लाकनको फ्रिकिक पासमा गोल गरेका थिए । ४३औं मिनेटमा अलफोन्सो स्पिनोले रिवाउन्डमा गोल गर्दै काडिजको अग्रता दोब्बर बनाए ।
यसअघि काडिजका साभी सान्चेजले पेनाल्टीको अवसर खेर फालेका थिए । सान्चेजको प्रहारलाई सेल्टा भिगोका गोलरक्षक माटियस डिटुरोले फर्काए । सोही रिवाउन्ड बलमा अलफोन्सो स्पिनोले सोझै गोल गरेका थिए ।
दोस्रो हाफको सुरुवातमै तीन खेलाडी परिवर्तन गरेको सेल्टा भिगोले उत्कृष्ट प्रदर्शन गरेको थियो । ६४औं मिनेटमा सान्ति मिनाले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे । इन्ज्युरी समयमा सेल्टाका इगो आसपासले पोस्ट नजिक पाएको अवसर गुमाएका थिए ।
७८ प्रतिशत बल पोसेसनका राखेको सेल्भा भिगो अन्ततः हार खेप्न बाध्य बन्यो । यता २२ प्रतिशत बल पोसेसनका राखेको काडिज दोस्रो हाफमा जम्न सकेन । खेलमा सेल्टा भिगोले १४ वटा पोस्ट प्रहार गर्दा काडिजले सातवटा पोस्ट प्रहार गरेको थियो । काडिजका एन्थोनी (चोको) लोजानो ‘म्यान अफ दी म्याच’ भए ।
लिगमा पहिलो जितसँगै काडिज ११औं स्थानमा उक्लिएको छ । काडिजले पाँच खेलबाट पाँच नै अंक बनाएको छ । यसअघि काडिजले दुई खेलमा बराबरी र दुई खेलमा हार खेपेको थियो । चौथो हार खेपेको सेल्टा भिगो एक अंकसहित १८औं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको चार खेलबाट १० अंक पुगेको छ । दोस्रो र तेस्रो स्थानमा रहेको भ्यालेन्सिया र एट्लेटिको म्याड्रिडको पनि १० अंक छ ।
ला लिगा अन्तर्गत शनिवार साँझ गेटाफे र रायो भालेकानो तथा एट्लेटिको म्याड्रिड र एथलेटिक बिल्बाओबीच प्रतिस्पर्धा हुनेछ । शनिवार राति नै इल्चे र लिभान्ते तथा ओसासुना र डिर्भोटिभो अलाभेस भिड्नेछन् ।
विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजनमार्फत प्रत्यक्ष हेर्न पाइने व्यवस्था छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नु पर्ने हुन्छ ।
ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भइरहेकोमा ला लिगाका खेलहरू एक्सन स्पोर्टस एचडी २ मा प्रसारण भइरहेको छ ।
त्यसका लागि ग्राहकले ला लिगा सिजनका लागि थप २ हजार रूपैयाँ तिर्नु पर्ने डिशहोमले जनाएको छ ।
हाल डिशहोमको ग्राहकलाई उपलब्ध रहेको ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...