४ लाख ७४ हजार नगदसहित २० जुवाडे पक्राउ

४ लाख ७४ हजार नगदसहित २० जुवाडे पक्राउ

काठमाडौंको जोरपाटीबाट चार लाख ७४ हजार ७५ रूपैयाँसहित २० जुवाडे पक्राउ परेका छन् । 


Advertisement

प्रहरी वृत्त बौद्धको टोलीले उनीहरूलाई शनिवार राति ११ बजे पक्राउ गरेको हो । 


Advertisement

प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका-५, जोरपाटी चामुण्डागेटस्थित तिब्बतियन क्याम्पभित्र रहेको तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो । 

उनीहरूबाट नगदसहित क्यासिनोमा प्रयोग हुने क्वाइन ४६४, २० बुक तास, विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेक २८ वटा र कौडा १०० थान बरामद गरिएको प्रहरीको भनाइ छ । 


Advertisement

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्