×

NMB BANK
NIC ASIA

एक करोड ५० लाख जग्गा आँखा उपचार केन्द्रलाई दान

असोज ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्वी चितवनको खैरहनीस्थित पर्सामा रहेको आँखा उपचार केन्द्रलाई स्थानीयवासी एक परिवारले जग्गा दान गरेका छन् ।

Muktinath Bank

समाजसेवी  जनकबहादुर पाण्डेका छोरा जगतबहादुर पाण्डे, सानुकाजी पाण्डे तथा नाति अनमोल पाण्डेले खैरहनी नगरपालिका–८ मा रहेको सात धुर जग्गा नेपाल नेत्रज्योति सङ्घको नाममा हस्तान्तरण गरेका हुन् । वडा कार्यालय नजिकै रहेको सो जग्गाको प्रचलित मूल्य रु एक करोड ५० लाख गर्ने जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लायन्स क्लब अफ चितवन इस्टको व्यवस्थापनमा सञ्चालन हुने गरी विसं २०६५ देखि पर्सामा आँखा उपचार केन्द्र सञ्चालन गरिएको थियो । सो केन्द्र स्थापनाकालदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको छ । बिरामीको चाप बढ्दै गएसँगै आँखाको शल्यक्रियासहित अतिरिक्त सेवा प्रदान गर्न सहज होस् भनेर जग्गा उपलब्ध गराइएको हो ।
    
लायन्स क्लब अफ चितवन इस्टका पूर्वअध्यक्ष एवं उपचार केन्द्रका अध्यक्ष केएन सिलवालका अनुसार सो जग्गा सङ्घका नाममा मालपोत कार्यालय खैरहनीबाट रजिष्टेसन गरिएको छ ।  


Advertisment
Nabil box
Kumari

सो जग्गामा आधुनिक भवन निर्माण गरी जनकबहादुर पाण्डे मेमोरियल आँखा उपचार केन्द्रको नामबाट सञ्चालन गर्नेगरी आवश्यक प्रक्रियासमेत अघि बढाइसकिएको उनले जानकारी दिए।

Vianet communication
Laxmi Bank

लायन्स क्लबका पूर्वअध्यक्ष भीमबहादुर पाण्डेको संयोजकत्वमा भवन निर्माण समिति गठन गरिएको छ । पाण्डेले पहिलो तल्ला आफ्नै परिवारका नाममा बनाइदिने घोषणासमेत गरे सिलवालले जानकारी दिए। 

भवन निर्माणपछि सो केन्द्रलाई शल्यक्रियासहित हुने गरी फेको सेन्टरका रुपमा विकास गर्ने तयारी गरिएको छ । सिलवालका अनुसार माथिल्ला तल्ला बनाउनका लागि पनि दाता इच्छुक देखिएकाले छलफल भइरहेको छ । केन्द्रमा हाल दैनिक ३५ हाराहारीले सेवा लिइरहेका छन् । बढी बिरामी भएका दिन यो सङ्ख्या ६५ पुग्ने गरेको उनले जानकारी दिए।

सङ्घले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालका प्रशासक दयाशङ्कर चौधरीका अनुसार भरतपुर आँखा अस्पताल मुख्य रहेको छ भने सेकेन्डरी क्लिनिकका रुपमा ठोरी र कावासोतीमा शल्यक्रियासहितको सेवा दिइँदै आएको छ । 

त्यसैगरी केन्द्र माडी, पर्सा, रत्ननगर, चनौली र कुरिनटारमा सञ्चालनमा रहेको छ । अन्य जिल्लामा सिन्धुलीको दुधौली, धादिङको सल्यान्टरा, बाराको सिम्रनगढ, नवलपुरको हुप्सिकोट र चोरमारामा पनि केन्द्र रहेको छ ।

भरतपुरको उकालोमा सिटी क्लिनिक रहेको छ । यही १० गते धादिङको बेनिघाटमा केन्द्र सञ्चालनमा ल्याइँदै छ । अस्पतालले एक वर्षमा दुई लाख हाराहारी बिरामीलाई सेवा दिँदै आएको छ । यही अस्पतालको फेको सेन्टरका रुपमा पर्सालाई विकास गरिँदै छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x