×

NMB BANK
NIC ASIA

अदालतबाट संविधान संशोधनको प्रयास भयो- ओली

असोज ३, २०७८

NTC
Sarbottam
फाइल तस्वीर।
Premier Steels
Marvel

संविधानको व्याख्याको नाममा विभिन्न ठाउँबाट संशोधनको प्रयास भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।  

Sagarmatha Cement
Muktinath Bank

संविधान दिवसको अवसरमा एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा स्पष्ट उल्लेख भएको कुरामा पनि अर्कै व्याख्या भएको ओलीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘संविधानमा स्पष्ट भएको चिजलाई उल्लेख नगरेर अर्कै चिजको व्यवस्था गर्नु व्याख्या होइन संशोधन हो । संविधान संशोधन गर्ने संसदको दुई तिहाइलाई मात्रै छ,’ ओलीले भने । 


Advertisment
Nabil box
Kumari

संविधानअनुसार निर्वाचनमा जाने प्रयास हुँदा प्रतिगमन भनिएको उनले बताए । 

Vianet communication
Laxmi Bank

‘निर्वाचनमा जानु प्रतिगमन हुने, राष्ट्रपतिको हुर्मत लिने, सेवासुविधा कटौती हुने पार्टी फोड्न अनैतिक, अलोकतान्त्रिक, असंवैधानिक काम भएका छन्,’ ओलीले भने । 

लोकतन्त्रको लागि योगदान नगरेको लागि लोकतन्त्र मजाकको विषय हुन सक्ने र लोकतन्त्रका लागि अरू विषय साट्न पनि सक्ने ओलीले आरोप लगाए ।  

‘जसले लोकतन्त्रका लागि बलिदान दिएको छ, परिवारका सदस्य गुमाएको छ, जिन्दगी संघर्षमा होमेको छ । त्यसका लागि लोकतन्त्र महत्त्वपूर्ण विषय छ । लोकतन्त्र रगतसँग साटेर ल्याएको हो,’ ओलीले भने । 

संविधानको रक्षा महत्त्वपूर्ण विषयको रुपमा उपस्थित भएको र संविधानले निर्दिष्ट गरेका संस्थालाई सम्मानित रूपमा अघि बढेको देख्न चाहेको उनले बताए । 

‘निर्वाचन आयोगले संवैधानिक कानूनी कर्तव्यको निष्पक्ष ढंगले पालना गरोस् । सभामुखको गरिमामय आसनबाट जालझेल नहोस् । अशोभनीय खालका विभेद नहोस् । संस्थाहरू मर्यादित होउन् भन्ने चाहन्छौं,’ उनले भने । 

सम्बोधनको क्रममा ओलीले संविधानअनुसार शपथ ग्रहण गर्ने र संविधान मान्दिनँ भन्नु नक्कली कुरा भएको बताएका छन् । 

‘संविधान मान्दैनौँ भन्ने कुरा जनतालाई धोका दिनु हो । त्यसो भन्ने हरेकले संविधानको शपथ खाएका छन् । यस्तो दोहोरो नीति हुँदैन,’ उनले भने, ‘एकातिर लाभको लागि संविधानको शपथ खाने । आफ्नै भाषामा शपथ खाने चलन पनि चल्यो । अनि संविधानमा मतभेद छ भन्नु नक्कली कुरा हो ।’

सम्बोधनको क्रममा ओलीले भने, ‘संविधान जारी हुनुको अर्थ एउटा युगको अन्त्य र अर्को युगको शुरूआत हुनु पनि हो । सामान्ती अधिनायकत्वको अन्त्य र जनताको राजको शुरूआतको कोसेढुंगा पनि हो ।’

संविधान जारी भएसँगै राजनीतिक परिवर्तनको लागि संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्य ओलीले बताए । 

‘लक्ष्मीप्रसाद देवकोटाले भने जस्तो ‘सुनको दिन एक उदाउँछ रे...’ भनेजस्तो नेपाली जनताको लागि सुनौला दिन आउन सक्छ भन्ने नयाँ ढोका उघार्‍यो । सम्भावनाको फराकिलो क्षितिजहरू देखा परे,’ उनले भने । 

‘सामाजिक परिवर्तनको लागि हिंसा अनिवार्य हो कि होइन भन्ने बहस थियो, मतभेद थिए । संविधान जारी भएसँगै राजनीतिक परिवर्तनको लागि हिंसाको बाटो अनिवार्य छैन भन्ने कुरा स्पष्ट भएको छ,’ उनले भने, ‘परिवर्तनको लागि हिंसा आवश्यक छैन र स्वीकार्य हुँदैन भन्ने कुरा स्पष्ट गरेको छ ।’

समानुपातिक समावेशिता, समानुपातिका सहभागिता, पछाडि परेको समुदायलाई अघि बढाउने, जनताका सामाजिक जीवनको सबै पक्षको प्रतिनिधित्व हुन सकोस् भन्ने व्यवस्था संविधानमा गरिएको उनले बताए ।

संविधान जारी गर्न र संविधान जारी भएपछि त्यसको कार्यान्वयमा पनि एमालेले नेतृत्वदायी भूमिका निर्वाह गरेको ओलीले बताए । 

‘विभिन्न प्रवृत्तिहरू र भिन्नताहरूलाई सहमत गराएर संविधानले तोकेको मार्ग र संविधानले भनेका विषयमा सहमति जुटाउने काममा नेकपा एमालेले अगुवाइ गरेको छ,’ उनले भने, ‘संविधान जारी भएपछि हामीले सरकारको नेतृत्व गर्ने मौका पायौँ । संविधान निर्माण हुँदाको धङधङी, उपलब्धिको खुशीयाली, संविधान रोक्न नसकेको आक्रोश सबै थियो,’ उनले भने । 

संविधान जारी भएपछि त्यसको असन्तुष्टिमा कठोर नाकाबन्दी सामान गर्नुपरेको र एमालेको त्यसको सफलतापूर्वक प्रतिवाद गरेको ओलीले बताए । 

‘संविधान जारी भएकोमा दुखित हुने सानो तप्का पनि थियो । त्यसबापत कठोर नाकाबन्दीको पनि सामना गर्नुपरेको थियो । सफलतापूर्वक डटेर त्यसको प्रतिवाद गरेका थियौं,’ उनले भने ।

आगामी दिनमा संविधान रक्षा, कार्यन्वयन र विकासमा एमालेले ध्यान केन्द्रित गरेर प्रभावकारी ढंगले भूमिका निर्वाह गर्ने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x