आजदेखि दशैँका लागि नयाँ नोट साट्न पाइने

आजदेखि दशैँका लागि नयाँ नोट साट्न पाइने

यस वर्षको दशैँका लागि सोमवार (आज)देखि सर्वसाधारणले  नयाँ नोट साट्न पाउने भएका छन् ।


Advertisement

नेपाल राष्ट्र बैंकले दशैँका लागि सोमवारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको जानकारी दिएको छ ।


Advertisement

राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुको शाखा कार्यालयहरूबाट नयाँ नोट साट्न पाउने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए ।

सर्वसाधारणले ५, १०, २० र १०० रुपियाँ दरका नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ ।


Advertisement

 प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण गर्ने प्रवक्ता ढकालले जानकारी दिए ।

राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको थियो । तर, गत वर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्