फागुन १५, २०७४
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।
सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने त्रसित छन् । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउने र त्यसले बालबालिकालाई बढी प्रभावित गर्ने आकलन गरिसकेको छ ।
तेस्रो लहर आउने र त्यसमा बालबालिकालाई असर गर्ने भएकाले हरेक अस्पतालमा २० प्रतिशत श-या छुट्याउन मन्त्रालयले निर्देशन दिइसकेको छ । लामो समयसम्म घरमै बसी अनलाइन कक्षा लिइरहेका विद्यार्थीलाई विद्यालय जाँदा रमाइलो महसुस त भएको छ तर कोरोना यथावत् रहेकाले त्रसित वातावरणमा विद्यालय जानुपर्ने बाध्यता उत्पन्न भएको छ ।
कतिपय विद्यालयले कक्षा १२ को परीक्षा सकेपछि विद्यालय सञ्चालन गर्ने बताइरहेका छन् भने कतिपयले सञ्चालन गरिसकेका छन् । ठिमीस्थित एक निजी विद्यालय नियमित सञ्चालन हुन थालिसक्यो । हरिबहादुर मगर आफ्ना पाँच वर्षको बालकलाई विद्यालय पठाउन थालिसकेका छन् । विद्यालयबाट फोन आएपछि नियमित विद्यालय पठाइहाल्नुप-यो, मगरले भने, “कोरोनाको सङ्ख्या दैनिक दुई÷तीन हजार थपिरहेकोले सङ्क्रमण सर्छ कि भन्ने ठूलो डर छ ।”
सानो बच्चा छ, यदि कोरोना सरिहाल्यो भने के गर्ने भन्ने चिन्ताले उहाँलाई सताउने गरेको छ । उहाँको दूध डेरी र मासु पसल छ, पसलमा दैनिक ५० जना मानिस आउने गर्छन् । खोप नलगाएका कारण उहाँलाई ठूलो त्रास छ । सरकारले ४० वर्ष उमेरभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप लगाए पनि उनले हालसम्म खोप लगाउन पाएका छैनन् ।
आफूसमेत जोखिममा रहेका बेला सानो बालकलाई विद्यालय लैजान थालेपछि चिन्ताले थप सताउन थालेको छ । यस्तै उद्धव घिमिरेकी छोरी दधिकोटस्थित अरनिको विद्यालयमा अध्ययनरत हुनुहुन्छ । घिमिरेलाई कक्षा १२ को परीक्षा सक्ने बित्तिकै अध्ययन नियमित सञ्चालन गर्ने सूचना आएको छ । विद्यालयमा कोरोना लागेका विद्यार्थी आउने सम्भावना रहेकाले छोरीलाई विद्यालय पठाउने कि नपठाउने दोधारमा उहाँ हुनुहुन्छ । यस्ता कैयौँ अभिभावक, विद्यार्थी नियमित विद्यालय सञ्चालनमा आएपछि कोरोना सर्ने डरले विद्यालय जाने वा नजाने भन्ने अन्योलमा छन् ।
मन्त्रालयले निजी विद्यालयका सञ्चालक, अभिभावक सङ्घलगायतका सम्बन्धित पक्षसँंग छलफल गरेर स्थानीय तहसंँग समन्वय गरी विद्यालय खोल्ने निर्णय गरिसकेको छ । विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको सुनिश्चितता नगरी विद्यालय सञ्चालन गर्दा कोरोना फैलिने त्रास पनि त्यत्तिकै छ ।
मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विद्यालय सञ्चालन गर्न स्वीकृत नदिएको बताए । स्वास्थ्य संस्थासँंग समन्वय र स्थानीय तहको सिफारिसमा जनस्वास्थ्य मापदण्ड अपनाएर कम भीडभाड तथा ग्रामीण क्षेत्रमा मात्र विद्यालय सञ्चालन गर्न सकिने विषयमा स्वास्थ्य मन्त्रालय सकारात्मक रहेको उनले बताए ।
अब १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि पनि कोरोनाविरुद्धको खोप ल्याउने तयारी भइरहेकोले छिट्टै खोप आउने र बालबालिकाले खोप लगाउन पाउने डा. पौडेलले बताए । अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले उच्च जोखिम तथा घना बस्ती भएको ठाउँमा विद्यालय सञ्चालन गर्न नहुने बताउँदै जनघनत्व कम भएका ठाउँ तथा ग्रामीण क्षेत्रमा मात्र विद्यालय सञ्चालन गर्न सकिने बताए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीले अब पनि विद्यालय सञ्चालन नगरे नेपालको शिक्षा धेरै पछाडि पर्ने बताए । अहिले ५० प्रतिशत विद्यार्थीले मात्र अनलाइन कक्षा लिइरहेको भन्दै उनले हुनेखानेहरूले अनलाइन शिक्षा लिने र विपन्न वर्गले नलिने गर्दा शिक्षा क्षेत्रमा ठूलो खाडल आउने बताए । अभिभावकहरूले नारा जुलुस, जात्रा गर्न हुने तर विद्यालय सञ्चालन गर्न नहुने भन्ने तर्क उचित नहुने उहाँको भनाइ छ । गोरखापत्र दैनिकमा सरोज ढुंगेलले खबर लेखेका छन् ।
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...