रुसमा फेरि जुर्मुराउन थाले कम्युनिस्ट, चुनावमा राम्रो प्रदर्शन

रुसमा भएको संसदीय निर्वाचनको आरम्भिक परिणाममा राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले बहुमत हासिल गरेको छ । 


Advertisement

तर उक्त पार्टीका २० प्रतिशत उम्मेदवार हारेका छन् । 


Advertisement

पुटिनका आलोचकहरूलाई चुनाव लड्नै दिइएको थिएन । निर्वाचनमा धाँधली गरिएको आरोप पनि छ । 

निर्वाचन आयोगले यी सबै आरोप खारेज गरेको छ । 


Advertisement

आयोगका अनुसार, कुल खसेको मतको ६४ प्रतिशत गणना गर्दा युनाइटेड रसियाले लगभग ४८ प्रतिशत मत पाएको छ भने कम्युनिस्ट पार्टीले लगभग २१ प्रतिशत मत प्राप्त गरेको छ । सोभिय संघको पतनपछि रसातलमा पुगेका कम्युनिस्टहरू पुनः जुर्मुराउन थालेको संकेत यसबाट पाइएको छ ।

आइतवार साँझ मतदान सकिएको केही घन्टापछि नै युनाइटेड रसियाले विजयको दाबी गरेको थियो । उक्त दलका एक वरिष्ठ अधिकारी आन्द्रे टुर्चाकले मस्कोमा भेला भएका समर्थकहरूलाई बधाइ दिँदै स्वच्छ र इमान्दार विजय हासिल गरेको बताए । 

पश्चिमका विरुद्ध निर्भीकतापूर्वक उभिन सक्ने अनि रुसको राष्ट्रिय गौरवको रक्षा गर्न सक्ने व्यक्तिका रूपमा पुटिन रुसीहरूमाझ अझै पनि लोकप्रिय छन् ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्