×

NMB BANK
NIC ASIA

विनियोजन विधेयक पारित

सकियो ‘बजेट होलिडे’, अब सरकारी कोषबाट खर्च गर्न मिल्ने

असोज ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेश निष्क्रिय भएसँगै भदौ ३१ गतेबाट शुरू भएको ‘बजेट होलिडे’को स्थिति अन्त्य भएको छ । 

Muktinath Bank

भदौ ३१ गतेदेखि सरकारी कोषबाट खर्च गर्न मिल्ने गरी सोमवार प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार प्रतिनिधि सभाबाट पारित विनियोजन विधेयक राष्ट्रिय सभाबाट पारित भएसँगै भदौ ३१ गतेपछि सरकारी कोषबाट भएका खर्चले वैधता पाउने छन् । समग्र बजेट पारित गर्न समय लाग्ने भएपछि सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्न मिल्ने गरी विनियोजन विधेयक पारित भएको हो ।


Advertisment
Nabil box
Kumari

सोमवार प्रतिनिधि सभाबाट बजेटको मूल विधेयक मानिने विनियोजन विधेयक २०७८ पारित भए पनि सहायक विधेयकको रुपमा रहेका आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित हुन बाँकी छ । सरकारी खर्चको बाटो खुलाउन प्रतिनिधि सभाले विनियोजन विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाइएको छ ।

Vianet communication
Laxmi Bank

सोमवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि भएको छलफलको क्रममा जवाफ दिने क्रममा अर्थमन्त्री जनार्दन शर्माले सेवा र कार्यका लागि संघीय संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्न बनेको विधेयकको दफा १ को उपदफा तुरुन्त प्रारम्भ हुने भन्ने व्यवस्थाको साटो २०७८ भदौ ३१ देखि लागू हुनेछ भन्ने गरी विनियोजन विधेयकमा संशोधन गरिएको जानकारी दिए ।

पूर्व अर्थ सचिव रामेश्वर खनालले विनियोजन विधेयक पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको बताए । ‘प्रतिनिधिसभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाले रोक्न मिल्दैन, विनियोजन विधेयक प्रतिनिधि सभाको अधिकारको विषय हो,’ खनालले भने, ‘अरू विधेयकहरु विस्तारै पारित हुँदा पनि हुन्छ । विनियोजन विधेयक पारित भएसँगै बजेट सटडाउन अन्त्य भएको छ । तर, त्यसका कानूनी प्रक्रिया भने बाँकी छन् ।’

अर्थमन्त्री शर्माले प्रतिपक्षी दलसँग आफूहरू निरन्तर संवादमा रहे पनि बजेट लामो समय रोकिराख्न नमिल्ने भएकोले बजेट पारित गर्नुपरेको बताए ।

बजेटका सहायक विधेयकको रुपमा रहेका आर्थिक विधेयक २०७८ राष्ट्र ऋण उठाउने विधेयकमाथि ७२ घण्टाको संशोधनका लागि समय दिइएकाले असोज ७ गते मात्र छलफल हुने भएको छ । ढिलोमा असोज १३ गतेभित्र बजेटसम्बन्धी अन्य विधेयक दुवै सदनबाट पारित गर्ने तयारी रहेको संसद सचिवालय स्रोतले लोकान्तरलाई जानकारी दियो ।

पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले गत भदौ २५ गते संसदमा प्रतिस्थापन विधेयकको रुपमा बजेट ल्याएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x