एमाले स्थायी कमिटी बैठक जारी, तीनवटा दस्तावेजमाथि छलफल

नेकपा एमालेको स्थायी कमिटीको बैठक बसिरहेको छ ।


Advertisement

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसिरहेको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा छलफल भइरहेको छ । 


Advertisement

विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधनको प्रस्तावमा छलफल भइरहेको हो । 

आइवारबाट शुरू भएको बैठक आज सम्पन्न गर्ने एमालेको तयारी छ । 


Advertisement

बैठकमा स्थायी कमिटीका सदस्यहरूले एमाले अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सहितका दस्तावेजमा आफ्ना धारणा राख्नेक्रम जारी रहेको छ । 

हिजोको बैठकमा स्थायी कमिटी सदस्यहरू अमृत बोहोरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले आफ्नो विचार प्रस्तुत गरेका थिए । 

बाँकी स्थायी कमिटी सदस्यले आज दस्तावेजको सन्दर्भमा आफ्ना धारणा राख्ने छन् । 

स्थायी कमिटीले तयार गरेको प्रस्ताव केन्द्रीय कमिटीमा पेश हुनेछ । 

एमालेको केन्द्रीय कमिटीको बैठक असोज ८ र ९ गते बोलाएको छ । उक्त बैठकले पारित गरेको प्रस्ताव विधान महाधिवेशनमा प्रस्तुत हुनेछ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्