नेपाल–भारत संयुक्त सैन्य अभ्यास भारतको पिथौरागढमा शुरू

नेपाल–भारत संयुक्त सैन्य अभ्यास भारतको पिथौरागढमा शुरू

भारतीय सेनासँग नेपाली सेनाको संयुक्त सैन्य अभ्यास सोमवारदेखि भारतको पिथौरागढमा शुरू भएको छ ।


Advertisement

हरेक वर्ष सञ्चालन हुँदै आएको संयुक्त सैन्य अभ्यास कोभिडका कारण दुई वर्षदेखि हुन सकेको थिएन । 


Advertisement

‘सूर्यकिरण एक्स भी’ नामकरण गरिएको सैन्य अभ्यास भारतको पिथौरागढमा शुरू भएको हो ।

नेपाल–भारत संयुक्त सैन्य अभ्यासको यो १५औं संस्करण हो । 


Advertisement

सैन्य अभ्यासमा नेपालका तर्फबाट प्रमुख सेनानीको नेतृत्वमा ३ सय जना सहभागी रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले लोकान्तरलाई जानकारी दिए । 

भारतको तर्फबाट ३ सय ५० सहभागी छन् । यसअघि १४ औं संस्करण नेपालको सालझन्डीमा भएको थियो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्