कांग्रेसको १४ औं महाधिवेशन सम्मुखमा छ ।
वडा तहबाट अधिवेशन शुरू भएको छ, तर देशभरका २० जिल्लामा अझै अधिवेशन टुंगो लागेको छैन ।
२० मध्ये १३ वटा जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी छ ।
आगामी मंसिर ९ देखि १३ सम्म कांग्रेसले १४औं महाधिवेशन आयोजना गर्न लागेको छ ।
महाधिवेशनबाट पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा पुग्न कांग्रेसका युवा नेताहरू समेत प्रयत्नशील छन् ।
कतिपयले उम्मेदवारी दिने घोषणा गरेका छन् भने कतिपय अझै परामर्शमै छन् ।
नेपाली कांग्रेसका युवा नेता गुरूराज घिमिरे आगामी महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिने भन्ने अहिल्यै टुंगो लागिनसकेको बताउँछन् ।
उनले कांग्रेसको संस्थापनइतर समूहबाट महामन्त्री पदमा उम्मेदवारी दिने चर्चा छ । र, घिमिरे पनि अहिले कांग्रेसको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेताभन्दा आफू कमजोर नभएको दाबी गर्छन् ।
आगामी महाधिवेशनबाट कांग्रेसको पदाधिकारीमा युवा पुस्ता हावी हुने दाबी गरेका घिमिरे पार्टी नेतृत्वमा पनि पुस्तान्तरण हुनुपर्ने पक्षमा छन् ।
नेतृत्वसँगै कांग्रेसको विचारमा पनि युवा पन देखिनुपर्ने उनको धारणा छ ।
घिमिरेले संस्थापन इतरबाट सभापतिका आकांक्षी देखिएका नेताहरूले साझा उम्मेदवार चयन गर्न नसके आफूहरूले हस्तक्षेप गर्ने पनि बताएका छन् ।
प्रस्तुत छ, घिमिरेसँग देशको वर्तमान राजनीतिक परिस्थिति, गठबन्धन सरकारको गति र कांग्रेसको १४ महाधिवेशनमा केन्द्रित भएर गरिएको भिडियो अन्तर्वार्ताः