प्रतिपक्षसँग पूरै सौहार्दपूर्ण वातावरण बनाउने हो : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्षी दलसँग वार्ता र संवाद गरी राष्ट्रिय एकता कायम गर्ने सरकारको नीति रहेको बताएका छन् । 


Advertisement

सोमवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै अर्थमन्त्री शर्माले प्रतिनिधि सभा बैठकमा निरन्तर विरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)सँग वार्ता र संवाद गरिरहेको बताएका हुन् । 


Advertisement

‘प्रतिपक्षसँग पूरै सौहार्दपूर्ण वातावरण बनाउने हो । निरन्तर वार्ता गर्ने हो । हामी वार्ता, संवादलाई निरन्तरता पनि दिइरहेका छौँ,’ उनले भने, ‘बजेट लामो समयसम्म रोकिराख्यो भने सबै कुरा ठप्प हुने भएको हुनाले यसलाई सँगसँगै लैजानुपर्ने पनि हाम्रो बाध्यता छ ।’

वार्ता र संवादका लागि सभामुख, नेताहरूले पहल गरिरहेको उनको भनाइ छ । ‘कुनै पनि योजना काटेको पनि छैन । रोकेको पनि छैन । पूर्वाग्रही हामी छैनौँ । पूर्वाग्रही छन् कि भनेर उहाँहरूलाई शंका लागेको होला उहाँहरूले सबै योजना देखेपछि होइन रछ भन्नुहुन्छ होला,’ उनले भने ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्