चार्टर्ड एकाउन्टेन्ट्स संघद्वारा आइक्यान पार्सद तथा सरकारद्वारा विभूषित सदस्यहरूलाई सम्मान

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ द्वारा नवनिर्वाचित आइक्यान पार्सदहरूलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ ।


Advertisement

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नवनिर्वाचित पार्सदहरुलाई तथा संविधान दिवस २०७८ को अवसरमा राष्ट्रपतिबाट विभूषण प्राप्त गर्ने संघका सदस्यहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरेका थिए । 


Advertisement

कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै संघका अध्यक्षले  सबै संस्थाहरुको प्रत्यक्ष–परोक्ष उद्देश्य लेखा व्यवसायको प्रवर्द्धन, सम्बर्द्धन र विकास रहेकोले एकअर्काका परिपूरक तथा साझेदारको रुपमा कार्य गर्नु पर्ने बताएका थिए । 

 कार्यक्रममा बोल्दै संस्थाका नवनिर्वाचित अध्यक्ष युद्धराज ओलीले चार्टर्ड एकाउन्टेन्ट्स बिचको सहकार्यले समग्र पेसाको स्थायित्व कायम गर्न सहयोग गर्ने विचार प्रकट गरे ।


Advertisement

कार्यक्रममा नेपाल अडिटर एशोसियसनका अध्यक्ष मोहन राज रेग्मी, लेखामान बोर्डका अध्यक्ष महेश खनाल, लेखापरीक्षक बोर्डका अध्यक्ष अनुप कुमार श्रेष्ठले विचार राखेका थिए ।

कार्यक्रममा नेपाल सरकारको प्रबल जनसेवा श्री पदकद्वारा विभूषित भएका नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ तथा संस्थाका पूर्व अध्यक्ष नारायण बजाज (हाल देश बाहिर रहेको), नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका आजीवन सदस्य तथा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईंलाई सम्मान गरीएको थियो ।

संघका अध्यक्ष वाग्लेको अध्यक्षतामा सम्पन्न  कार्यक्रमको सञ्चालन संघका महासचिव तेज प्रसाद सुवेदीले गरेका थिए ।

सम्मान कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका पुर्व अध्यक्ष, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पुर्व अध्यक्ष, नेपाल अडिटर एसोसियसनका अध्यक्ष, लेखामान बोर्डका अध्यक्ष, लेखापरीक्षक बोर्डका अध्यक्ष, पार्सद, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका  कार्यसमिति सदस्य, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका सदस्य, नेपाल अडिटर एसोसियसन सदस्यलगायत चार्टर्ड एकाउन्टेन्टेस् क्षेत्र सम्बद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्