×

NMB BANK
NIC ASIA

संघीय राजधानी काठमाडौं साक्षर घोषित

असोज ४, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

संघीय मुलुकको राजधानी काठमाडौं जिल्ला बल्ल साक्षर घोषित भएको छ ।

Muktinath Bank

साक्षर घोषणा हुनेमध्ये काठमाडौं ५५औं जिल्लामा परेको छ । देशभरबाट आएर बस्ने काठमाडौंका स्थायी र अक्सर बसोबास गर्ने वासिन्दालाई आँकडामा समावेश गरेर यो घोषणा गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंका विभिन्न पालिकास्तरमा साक्षर घोषणा भइसकेपछि समग्र जिल्लाको ९६ दशमलव ८८ प्रतिशत साक्षरता भएको मानेर सोमवार जिल्लालाई पूर्ण साक्षर घोषणा गरिएको हो । अब काठमाडौंका १० वटा नगरपालिकामा स्थायी वासिन्दा रहेका साक्षर हुन बाँकी नागरिक १८ हजार ५३ रहेको काठमाडौंका शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नन्दलाल पौडेलले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनले आँकडा २ वर्ष अघिको भएको र त्यसपछि पनि निरन्तर साक्षरताका कार्यक्रम जारी रहेकाले उक्त निरक्षर संख्या घट्दो भएको बताए ।

Vianet communication
Laxmi Bank

काठमाडौं महानगरपालिका बाहेक अन्य पालिकाले घरधुरी सर्वेक्षणसहित अस्थायी बासिन्दालाई पनि गणना गरेका थिए । चालू आवमा भने साक्षर घोषणा हुने काठमाडौं पहिलो जिल्ला भएको छ । यसअघि पछिल्लो समय अछाम जिल्ला साक्षर घोषणा भएको थियो भने २ नम्बर प्रदेशका ८ जिल्लासहित अझै २२ जिल्ला साक्षर घोषणा हुन बाँकी छ ।

साक्षर नेपाल अभियानले १५ वर्ष र ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएका क्षेत्र, जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने मापदण्ड बनाएको छ । नेपालमा २०७२ असार २ गते ९७ दशमलव ६८ प्रतिशत साक्षरतासहित सिन्धुपाल्चोक पहिलो साक्षर जिल्ला घोषणा भएको थियो । 

प्रमुख पौडेलका अनुसार काठमाडौंको शंखरापुरमा ९६ दशमलव ०५, कागेश्वरी मनहरामा ९६ दशमलव ९७, गोकर्णेश्वरमा ९५ दशमलव ०४, बूढानीलकण्ठमा ९८ दशमलव ६९, टोखामा ९८ दशमलव ५४, तारकेश्वरमा ९८ दशमलव ०८, नागार्जुनमा ९७ दशमलव ०८,  चन्द्रागिरिमा ९६ दशमलव ४७ र दक्षिणकालीमा ९५ प्रतिशत नागरिक साक्षर भएको यसअघि विभिन्न मितिमा घोषणा भइसकेको छ । 

साक्षर काठमाडौं घोषणा गर्दै वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले तीनै तहका सरकारले साक्षर नेपालको अभियानलाई निरन्तरता दिँदै सीप र रोजगारीमा शिक्षालाई जोड्न सक्नुपर्ने बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले साक्षर जिल्ला घोषणालाई दीगोरूपमा कायम राख्न सक्नु सबैको दायित्व भएको बताए ।

मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालका अनुसार साक्षर घोषणा हुन बाँकी जिल्लाका लागि सघनरूपमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सबै नेपाली नागरिकलाई न्यूनतम साक्षरताको अवसर प्रदान गरी ‘साक्षर नेपाल’ अभियान घोषणा गरी वर्ष २०७६ मै साक्षर नेपाल घोषणा गर्ने लक्ष्य लिएको थियो । 

हाल मुलुकमा युवा साक्षरता (१५ देखि २४ वर्ष उमेर समूह) ९५ प्रतिशत र प्रौढ साक्षरता (१५ देखि ६० वर्ष उमेर समूह) ८२ प्रतिशत छ । अभियानअन्तर्गत स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र स्थायी बसोवास गर्ने तोकिएको उमेर समूहका निरक्षर जनसङ्ख्याको नामनामेसीसहित विवरण यकिन गर्ने र विद्यालय, सामुदायिक सिकाइ केन्द्र, स्रोतकेन्द्र, विकास साझेदार गैरसरकारी संस्था, नागरिक समाज, सञ्चारमाध्यम, अन्य साझेदार परिचालन गरी साक्षरता प्रवद्र्धन हुँदै आएको छ । 

साक्षर नेपालको अवधारणापत्रले राष्ट्रभाषा वा मातृभाषाका वर्ण/अक्षरको पढाइ र लेखाइ, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बीलको पढाइ, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ, मोबाइल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग, शून्यदेखि नौसम्मका अंक अक्षर लेखाइ, एकदेखि १०० सम्म गणना, लेनदेनका हरहिसाब राख्न सक्नेलाई साक्षर मानिने जनाएको छ ।

अवधारणापत्रले साक्षर व्यक्तिले सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक संकेत पढाइ र बुझाइ, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन, घडी हेरेर समय बताउन, भित्तेपात्रो हेरी तिथिमिति बताउन तथा बैंक भौचर भराइ र चेक खिचाइ गर्न सक्नुपर्ने उल्लेख गरेको छ । – प्रकाश सिलवाल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x