नयाँ प्रतिबन्धले तालिबानमा महिला थप आक्रोशित

अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि महिला र छात्राहरूको अधिकारमा निरन्तर कडाइ र बन्देज बढाइएको छ । सोमबार तालिबानले महिलाहरूको अधिकार र स्वतन्त्रतामा  थप कडा पार्दै जाने सङ्केत गरेको छ।


Advertisement

महिलाहरूलाई काममा पहुँच कम गर्ने र केटीहरूलाई विद्यालय जानबाट रोक्ने लगायतका कदमहरू  चाल्न थालिएको छ।  तालिबानको विगतको शासन  क्रूर एवं दमनकारी रहेकाले यस पटक उनीहरूले स्वतन्त्रता र उदारतालाई प्राथमिकता दिने गरेको घोषणा पनि क्रमशः लागू नहुने र विगतको जस्तै कठोर शासन सञ्चालन गर्ने सङ्केत तालिबानले दिएको छ।


Advertisement

परराष्ट्र मन्त्रालयकी वरिष्ठ  अधिकृतले सेवाबाट बर्खास्तीमा परेपछि आफूहरू ठूलो पीडामा परेको  एएफपीलाई बताएकी छिन् ।

शिक्षा मन्त्रालयले पछिल्ला दिनहरूमा पुरुष शिक्षक र विद्यार्थीहरूलाई मात्र अध्ययन अध्यापनमा फर्किन आग्रह गरेको छ। यद्यपि नयाँ शासकहरूले यस किसिमको औपचारिक नीतिको घोषणा भने गरेका छैनन् । शुक्रबार सबै पुरुष कर्मचारी उपस्थित भएर  पूर्व  सरकारको महिला मामिला मन्त्रालय बन्द गरिएको छ।  यस्ता कदमले सबै महिलाहरू  भयभीत भएका छन् ।  उनीहरू  अब राम्रो रोजगारी नपाउने चिन्ताले छट्पटिएका छन् ।


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्