×

NMB BANK
NIC ASIA

रत्नजित तामाङ र रशिला महर्जनले उचाले ब्याडमिन्टन च्याम्पियनको उपाधि

असोज ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

‘प्रथम रिभाइभ लिजरपार्क खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’ को उपाधि रत्नजित तामाङले जितेका छन्  । मंगलबार राजधानीमा भएको फाइनल खेलमा विश्व जुनियर वरीयताको तेस्रो स्थानमा रहेका प्रिन्स दाहाललाई हराउँदै तामाङ च्याम्पियन बन्न सफल भएका हुन् ।

Muktinath Bank

उपाधिसँगै त्रिभुवन आर्मी क्लबका रत्नजितले प्रथम पुरस्कार ५० हजार रुपैयाँ हात पारे । दोस्रो भएका लिजर पार्कका प्रिन्स दाहालले २५ हजार रुपैयाँ तथा तेस्रो भएको आर्मीका प्रफुल महर्जन र एपीएफ़का साजनकृष्ण ताम्राकारले नगद १०–१० हजार रुपैयाँ हात पारे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी महिला एकलतर्फ आर्मीकी रशिला महर्जन च्याम्पियन बनिन् । उपाधिसँगै रशिलाले ५० हजार रुपैयाँ हात पारिन् । दोस्रो भएकी त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले २५ हजार रुपैयाँ तथा तेस्रो भएकी एपिएफ़कि जेसिका गुरुङ र आर्मीकी अमिता गिरीले नगद १०–१० हजार रुपैया हात पारिन् ।


Advertisment
Nabil box
Kumari

पुरुष युगलतर्फ मनकामना स्पोर्ट्स क्लबका विशाल बस्नेत र प्रनिस सिंह ठकुरीको जोडीले साइनो स्पोर्ट्स क्लबका राम बाँनिया र सुजन थापाको जोडीलाई हराउँदै उपाधि जित्न सफल भए ।

Vianet communication
Laxmi Bank

उपाधिसँगै विशाल बस्नेत र प्रनिस सिंह ठकुरीको जोडीले प्रथम पुरस्कार ५० हजार तथा दोस्रो भएको साइनो स्पोर्ट्स क्लबका राम बाँनिया र सुजन थापाको जोडीले २५ हजार रुपैयाँ प्राप्त गरे । तेस्रो भएको एपिएफ़का प्रियान्सु सिंह क्षेत्री र पेम्वा शेर्पा त्यस्तै कास्की जिल्लाका विधान अधिकारी र विशाल खड्काको जोडीले नगद १०–१० हजार रुपैया हात पारे ।

भेट्रान्स ४५ वर्षमाथि युनिक स्पोर्ट्स नेपालगन्जका अनिल लाखे र चितवनका सुभास श्रेष्ठको जोडी कालिका ब्याडमिन्टन क्लबका रामशरण केसी र हरि खत्रीको जोडीलाई हराउँदै उपाधि जित्न सफल भए । उपाधिसँगै सुभास र अनिलको जोडीले २५ हजार रुपैयाँ हात पारे । दोस्रो भएको रामशरण केसी र हरि खत्रीको जोडीले १५ हजार तथा तेस्रो भएको रिभाइभल लिजर पार्कका सुरेन्द्र बुढाथोकी र मनोज डंगोलको जोडी र यङ्ग्सटर ब्याडमिन्टन क्लबका किशोर व्यन्जनकार र सुदिन शाक्यको जोडीले नगद ५–५ हजार प्राप्त गरे ।

असोज १ देखि असोज ५ गतेसम्म रिभाइभ लिजरपार्कमा भएको उक्त प्रतियोगिताको विजयी खेलाडीलाई गण्डकी प्रदेशका पूर्व मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, रिभाइभ लिजर पार्कका सञ्चालक तथा आयोजक कमिटीका अध्यक्ष शुक्र पाख्रीन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, आयोजक कमिटीका लिला बहादुर थापा, प्रमुख प्रशिक्षक सुदीप योञ्जन लगायतले पुरस्कृत गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x