कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) लिन बाँकी रहेकाले दशैँपछि मात्र पाउने भएका छन् ।
प्रिन्ट कार्ड अभाव भएपछि स्मार्ट लाइसेन्स दशैँअघि वितरण गर्न नसकिएको यातायात व्यवस्था विभागले जनाएको छ । शान्ति सेना, वैदेशिक रोजगार तथा वैदेशिक अध्ययनमा जाने खालका अति आवश्यक व्यक्तिको लाइसेन्स भने वितरण गर्ने गरिएको छ ।
विभागका महानिर्देशक नमराज घिमिरेले भने, “प्रिन्ट कार्ड आउन कम्तीमा एक महिना लाग्छ, आज डेलिभरी अडरको पत्र दिँदै छौँ, दशैँअघि प्रिन्ट गर्न गाह्रो छ, दशैँपछि यसको स्पिड बढाउनु पर्छ ।”
हाल विभागमा सात लाखप्रति लाइसेन्स प्रिन्ट गर्न बाँकी छन् । नवीकरण गर्न दिएका र नयाँ लाइसेन्स कुरिरहेका सेवाग्राहीले राजस्व बुझाइसकेपछि सेवा पाउन सकेका छैनन् ।
फ्रान्सबाट १४ लाखप्रति कार्ड ल्याउन सम्झौता भएको छ तर कार्ड ल्याउन नसक्दा प्रिन्टको काम रोकिएको छ । २०७२ सालमा स्मार्ट लाइसेन्स लागू भएपछि विभागले काम गर्न नसकेको हो । विभागले १४ लाख विद्युतीय लाइसेन्सका लागि २०७७ असार २९ गते एक महिनाको म्याद दिएर ग्लोबल टेन्डर गरेको थियो तर चौध महिना हुँदा पनि कार्ड ल्याएको छैन । २०७७ मै प्रिन्ट कार्ड सकिएको भनेर टेन्डर आह्वान गरेको थियो ।
विभागका अनुसार तत्कालीन अवस्थामै दैनिक आठ हजारप्रति लाइसेन्सको माग हुँदा विभागले दैनिक दुई हजार ५०० प्रति मात्र प्रिन्ट गर्न सक्थ्यो । जसका कारण परीक्षा पास गरेका सेवाग्राहीले दुई वर्षसम्म लाइसेन्स कुर्नुपर्ने बाध्यता भयो ।
विभागले असोज १२ गतेबाट लाइसेन्सका लागि नयाँ आवेदन खुला गर्ने भएको छ । गत वैशाख १६ गतेदेखि बन्द भएको नयाँ लाइसेन्सको ट्रायल परीक्षा सुचारु भएको छ । असोज १२ गतेपछि अनलाइनबाट आवेदन दिन सकिने छ । गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले खबर लेखेका छन् ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...