×

NMB BANK
NIC ASIA

कोरोनाविरुद्धको खोपप्रति विश्वास बढ्दो

असोज ६, २०७८

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

राजधानीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ । चीनबाट ल्याइएको ४४ लाख मात्रामध्ये दोस्रो मात्रा सिभिल अस्पतालसहित अन्य खोप केन्द्रमा दिइएको हो ।

Muktinath Bank

खोप केन्द्रमा मङ्गलबार दिउँसो अस्पताल परिसरबाट सुरु भएको लाइन तेस्रो लाइन लगाउँदा पनि ठूलो भीड थियो । झन्डै एक हजारको हाराहारीमा मानिस खोप लगाउन लामबद्ध बसेका थिए । उक्त लाइनलाई नियन्त्रण गरी खोप लगाउन नेपाल प्रहरीलाई हम्मेहम्मे परेको थियो । युवा वृद्ध लाइनमा खोप लगाउन उत्सुकताका साथ बसेको देखिन्थे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै थापाथलीस्थित प्रसूति गृहमा समेत कोरोनाविरुद्धको खोप लगाउनेको लाइन युएन पार्क नजिकै पुगेको थियो । सुरुमा कोरोनाविरुद्धको खोप आउँदा प्रयोग गर्न नेपालमा ल्याइएको हो, लगाउनै हुन्न भन्दा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य पत्रकारहरूले त्यसबारे जनचेतना फैलाउने काम गरेका थिए । कतिपय स्वास्थ्यकर्मी र वरिष्ठ चिकित्सकहरू नै कोरोना खोप नेपालमा प्रयोग गर्न ल्याइएको हुनाले लगाउनै हुन्न भन्दै हिँड्थे तर अहिले त्यो अवस्था नभएको बताइन्छ ।


Advertisment
Nabil box
Kumari

कोरोनाविरुद्धको खोप लगाउन सिभिलमा आएका अर्जुन बेल्बासे लाइन लाग्दा बेलुकासम्म समय लाग्ने भन्दै कोही साथीलाई फोन गर्दै थिए। उनले लामो लाइन देखेपछि साथीले कालीमाटीस्थित एक विद्यालयमा लाइन नभएको खबर पाएर उनी कालीमाटी गएका थिए । बेल्बासेले सुरुमा खोपप्रति आफूलाई पत्यार नलागेको भन्दै दोस्रो लहरमा भने कोरोनाबाट बच्न खोप नै अचुक औषधि रहेछ भन्ने बुझेको बताए ।

Vianet communication
Laxmi Bank

यस्तै उक्त अस्पतालमा भेटिएकी शान्तिनगर बस्ने विद्या कार्की बिहान १० बजे खोप लगाउन आएकी थिइन् ।

लाइन बसेरै भए पनि खोप लगाउन बस्नुभएका उहाँलाई खोप लगाउँदा २ बजिसकेको थियो । चार घण्टा उभिएर लाइनमा बसेपछि मात्र खोप लगाउन पाएकी विद्याले आफूलाई खोपप्रति विश्वास लागेरै खोप लगाउन आएको बताइन् ।

खोप लगाउन आएकी सुरक्षा शर्मा सुरुमा खोप लगाउने र कार्यालयको काम पनि पूरा गर्ने भनेर आएकी रहेछन् तर खोप लगाउनेको लाइन देखेपछि कार्यालयमा नआउने जानकारी गराइन् । यति धेरै लाइन त मैले देखेकी थिइनँ, धेरैमा खोपप्रति विश्वास बढेछ, शर्माले भनिन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सुरुमा खोपप्रति विश्वास जगाउन मन्त्रालयले धेरै प्रयत्न गरेपछि विस्तारै मानिसले खोपप्रति बुझ्दै गएको बताए । खोप लगाइसकेपछि पुनः कोरोना नलाग्ने भन्ने भ्रम फेरि चिर्नुपर्ने भन्दै उनले खोप लगाएका मानिसलाई अस्पताल भर्ना गर्न नपर्ने बताए । खोपप्रति मानिसको आकर्षण बढेको उनले बताए ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले सुरुसुरुमा खोप लगाउन आउनुस् भन्दा नआएको स्मरण गर्दै अहिले भने धेरै मानिस खोप लगाउन प्रोत्साहित भएको बताए । खोप लगाउन हुन्न भन्नेहरू बाँकी नरहेको भन्दै उनले कोरोनालाई जित्नका लागि खोप मात्र एक विकल्प भएको बताए ।  गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x