×

NMB BANK
NIC ASIA

राष्ट्रसंघ महासभाको चटारो

परराष्ट्र मन्त्रीलाई चटारो, शपथकै दिन राष्ट्रसंघीय महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्ने

असोज ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

शपथ लिएलगत्तै नवनियुक्त परराष्ट्र मन्त्री डा. नारायण खड्का नेतृत्वको नेपाली टोली संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन बुधवार अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएको छ ।

Muktinath Bank

राष्ट्रपति भवन शितल निवासमा मन्त्री पदको शपथ लगत्तै सिंहदरबारमा कार्यभार सम्हाल्ने र आजै अमेरिका जाने कार्यक्रम तय भएको हो । महासभामा जाने ४ सदस्यीय टोलीको नेतृत्व मन्त्री खड्काले गर्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री खड्काको नेतृत्वमा परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयमा संयुक्त राष्ट्रसंघ महाशाखा हेर्ने सह–सचिव सेवा लम्साल र एक जना अधिकृत नेपाली प्रतिनिधि मण्डलमा सहभागी हुनेछन् ।


Advertisment
Nabil box
Kumari

न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोगका अधिकारी पनि प्रतिनिधि मण्डलमा सहभागी हुनेछन् । 

Vianet communication
Laxmi Bank

अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई फिर्ता बोलाउने निर्णय भइसकेकाले उनी सहभागी हुन पाउने छैनन् । 

महासभालाई परराष्ट्रमन्त्री खड्काले सेप्टेम्बर २७ (असोज) ११ मा सम्बोधन गर्ने सम्भावना रहेको परराष्ट्र प्रवक्ता सेवा लम्सालले लोकान्तरलाई जानकारी दिइन् ।

‘प्रधानमन्त्रीको लेभलमा सहभागी भएको भए २५ तारिखमा सम्बोधन हुन्थ्यो, मन्त्रीस्तरमा सहभागी हुँदा २७ तारिखमा हुनसक्छ,’ लम्सालले लोकान्तरसँग भनिन् । 

महासभामा हुने अन्य बहुपक्षीय बैठकमा सहभागी हुनुपर्ने भएकाले नेपाली प्रतिनिधि मण्डल असोज ११ गतेपछि मात्र स्वदेश फर्किने छ ।

२८ तारिखमा मन्त्री सहभागी हुने अन्तिम कार्यक्रम छ । 


महासभामा सरकार प्रमुखले सहभागिता जनाउने परम्परा रहेकोमा देशभित्रको राजनीतिक अवस्थाका कारण प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी नहुने भएका हुन् ।

राष्ट्रसंघीय महासभाका दौरानमा मन्त्री खड्काले मित्रराष्ट्रका समकक्षी तथा सरकार प्रमुखहरूसँग पनि भेटवार्ता गर्ने तयारी रहेको स्रोतले बतायो । 

प्रधानमन्त्री देउवा महासभामा सहभागी हुन नसक्ने भएपछि एकैपटक गर्ने भनिएको मन्त्रिपरिषद् विस्तार रोकेर खड्कालाई मन्त्री बनाइएको हो ।

उदयपुरबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित खड्का परराष्ट्र मामिलामा दख्खल राख्ने नेता पनि मानिन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x