×

NMB BANK
NIC ASIA

नेप्सेमा उच्च अंकको वृद्धि तर बढेन कारोबार रकम

असोज ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधवार ‘बाउन्स ब्याक’ भएको छ ।

Muktinath Bank

ओरालो लाग्दै आएको नेप्सेमा मंगलवार पनि दोहोरो अंकको वृद्धि भएको थियो । मंगलवारको लय पछ्याउँदै बुधवार नेप्से परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधवार १०४.८८ अंकले उकालो लागेर नेप्से परिसूचक २ हजार ८१६.९५ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.४७ विन्दुले बढेर ५२८.१० मा पुगेको छ ।


Advertisment
Nabil box
Kumari

नेप्से बढे पनि कारोबार रकममा भने सुधार भएको छैन । कूल २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर ६ अर्ब १७ करोड ९३ लाख १५८ मूल्यमा खरिद बिक्री भए । बुधवारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ४२ अर्ब ५५ करोड ८८ लाख १० हजार बराबर पुगेको छ ।

Vianet communication
Laxmi Bank

कारोबार भएका कूल १३ उपसमूहको शेयर नै उकालो लाग्यो । बैंकिङ ६०.९२, व्यापार १३२.६७, होटल तथा पर्यटन १३६.९, विकास बैंक ३८१.४२, जलविद्युत् १६९.४४, वित्त २०७.९३, निर्जीवन बीमा ४४१.८७, उत्पादन १८२.३१, अन्य ४१.७३, लघुवित्त १७०.७३, जीवन बीमा ५५१.७५, सामूहिक लगानी कोष ०.२२ र लगानी ३.८९ विन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा बुधवार पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २३ करोड ३४ लाख ८५ हजार ५११ बराबरको कारोबार भयो । नेसनल हाइड्रोपावर १८ करोड ४८ लाख ७४ हजार ५६६, आरएमडीसी लघुवित्त १६ करोड ९९ लाख ६८ हजार ८६३, हिमलायन डिस्टिलरी १५ करोड ४८ लाख ८९ हजार ६४९ र अपि पावर कम्पनी १३ करोड ५३ लाख ७१ हजार ७३३ बराबरको कारोबार भई शीर्ष ५ भित्र परेका छन् ।

कारोबारका आधारमा बुधवार विभिन्न १४ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेका छन् । त्यसमा प्रिमियर इन्स्योरेन्स, वेस्ट फाइनान्स कम्पनी, गुहेश्वरी मर्चेनट बैंक, आईसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स, सिन्धु विकास बैंकलगायत छन् । मञ्जुश्री फाइनान्स १.४९, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो ०.२८, नबिल इक्विटी फण्ड ०.२६ र एनसीसी बैंकको ऋणपत्र २०८६ का लगानीकर्ताले ०.०४ प्रतिशतले गुमाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x