×

NMB BANK
NIC ASIA

कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँदै

असोज ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

 कांग्रेसले महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी भएपछि कार्यतालिकामा फेरि संशोधन गर्ने सहमति गरेको हो ।

Muktinath Bank

सहमतिअनुसार अब १३ जिल्लाको वडा अधिवेशन ९ असोजपछि हुनेछ । ती जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद टुंगाएरमात्रै वडा अधिवेशन गर्ने सहमति जुटेको छ । त्यस्तै, १३ जिल्लामा पालिका तह अधिवेशन पनि दसैंअघि मात्रै हुने छन् । तर, वडा अधिवेशन सम्पन्न भइसकेका ६४ जिल्लामा भने ९ असोजमै पालिका अधिवेशन हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ जिल्लामा बाहेक वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा ९ असोजमा नै पालिका अधिवेशन गर्ने र बाँकी १३ जिल्लामा दसैंअघि पालिका तहका अधिवेशन सम्पन्न गर्ने सहमति भएको जानकारी दिए । कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले दसैंअघि ७७ जिल्लामा नै पालिका अधिवेशन गर्ने सहमति भएको बताए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार त्यसपछिका घोषित कार्यतालिका भने परिमार्जन हुने जनाइएको छ । निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले भने समितिले वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा मात्रै अधिवेशन मिति सार्न सुझाएको जानकारी दिए । उनले वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा भने बाँकी तहका अधिवेशन गर्न निर्वाचन समिति तयार रहेको जानकारी दिएका छन् ।

Vianet communication
Laxmi Bank

यसअघि, पछिल्लो पटक गत ५ असोजका लागि वडा अधिवेशन हुन बाँकी २० जिल्लामा मिति तोकिएको थियो । तर, यसबीच ७ जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक भएपछि ती जिल्लामा भने अधिवेशन भएको छ । बाँकी १३ जिल्लामा भने वडा अधिवेशन बाँकी छ । ती जिल्लाका क्रियाशील सदस्यता नामावली अझै सार्वजनिक गरिएको छैन ।

कांग्रेसले यसअघि पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेस वडा अधिवेशन गत १८ भदौमा तोकेको थियो । तर, सो मितिमा भने प्रक्रिया मात्रै शुरु भएको थियो । त्यसपछि ७ जिल्लामा ५ असोजमा अधिवेशन भएको हो ।

अब भने प्रदेश २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, बाँके र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण कांग्रेसले पार्टीको वेबसाइटमा सार्वजनिक गर्न बाँकी छ । कांग्रेसले यसअघि महाधिवेशनअन्तर्गत गाउँ– नगरपालिका अधिवेशन ९ असोज, प्रदेशसभा क्षेत्रीय अधिवेशन १२ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १५ असोजका लागि तय गरेको छ ।

त्यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १८ असोज, प्रदेश अधिवेशन १० देखि १२ कात्तिक र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म तय गरेको छ । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x