×

NMB BANK
NIC ASIA

पोखरामा बढ्दै पर्यटकीय गतिविधि

असोज ७, २०७८

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

कोरोना भाइरस सङ्क्रमणका कारण बन्द रहेका पोखराका पर्यटकीय स्थलहरू खुलेका छन् ।

Muktinath Bank

पोखराको पर्यटकीय आकर्षण फेवाताल बीचमा रहेको तालबारही मन्दिर र पोखरा १७ छोरेपाटनमा रहेको गुप्तेश्वर गुफा, महेन्द्र गुफा विश्व शान्ति स्तूप पर्यटकका लागि खुला गरिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी पर्यटकीय गन्तव्य झन्डै २० महिनापछि सञ्चालनमा आएका हन् । तालबराही मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष तथा पूजारी पशुराम शर्मा पहारीले स्थानीय प्रशासनले असोज १ गतेबाट निषेधाज्ञा पूर्ण रूपमा हटाएपछि मन्दिर खुला गरिएको बताए।


Advertisment
Nabil box
Kumari

मन्दिर बन्द हुँदा डुङ्गा व्यवसायी तथा डुङ्गा चालकसमेत बेरोजगार हुनुपरेको थियो । डुङ्गा व्यवसायी समितिका उपाध्यक्ष मङ्गल नेपालीले अब व्यवसायी तथा चालकलाई केही राहत हुने विश्वास व्यक्त गरे।

Vianet communication
Laxmi Bank

नेपालीका अनुसार आठवटा घाटमा ७६४ वटा डुङ्गा सञ्चालनमा छन् । मन्दिर सञ्चालनमा आउँदा निकै खुसी लागेको डुङ्गा व्यवसायी तारा विकले बताए ।

अब गरेर खान पाइने थियो उनले भने, नेपालीका चाडपर्व पनि सुरु भएका त्यसैले आन्तरिक पर्यटकको पनि चाप बिस्तारै बढ्नेछ र पर्यटकीय क्षेत्रहरूमा चहलपहल बढ्नेछ । फेवातालको तालबराही मन्दिर बन्द हुँदा झन्डै दुई करोड घाटा लागेको डुङ्गा व्यवसायी समितिका उपाध्यक्ष मङ्गल नेपालीले बताए ।

पोखराका प्रमुख पर्यटकीय गन्तव्य खुलेसँगै आन्तरिक पर्यटकको चहलपहल बिस्तारै बढ्न थालेको पर्यटन व्यवसायी एवं पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । उनले भने, पर्यटकीय गतिविधि बिस्तारै चलायमान हुँदै छ । बाह्य पर्यटक नभएपछि आन्तरिक पर्यटकको चहलपहल बढदै छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x