×

NMB BANK
NIC ASIA

अस्ट्रेलियाका ट्रेड युनियनहरूको भनाइ– कामदारहरूलाई चीनसँगको युद्धमा कुनै रुचि छैन

असोज ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच अस्ट्रेलियालाई आणविक ऊर्जायुक्त पनडुब्बी उपलब्ध गराउने सम्झौता गैरजिम्मेवार काम भएको र यसले देशलाई विभिन्न मोर्चामा जोखिम तेर्स्याएको अस्ट्रेलियाका ट्रेड युनियनहरूले जनाएका छन् । 

Muktinath Bank

गत साता घोषणा गरिएको त्रिपक्षीय सम्झौताले अस्ट्रेलियालाई आणविक ऊर्जायुक्त तर परम्परागत हतियारसहितको पनडुब्बी उपलब्ध गराउन लागेको हो । यस सम्झौतालाई विश्वव्यापी निन्दा गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्झौताका कारण फ्रान्सले ६६ अर्ब डलर बराबरको डिजेलबाट चल्ने पनडुब्बी अस्ट्रेलियालाई बेच्न पाएन । त्यसैले यो कदम आफ्नो पिठ्युँमा छुरा हानेको जस्तो भएको फ्रान्सको गुनासो छ । 


Advertisment
Nabil box
Kumari

अस्ट्रेलियामै पनि धेरैजना यस अकिस सम्झौताबाट खुशी छैनन् । देशका दुई प्रमुख ट्रेड युनियनहरूले सम्झौताका विषयमा कठोर शब्द प्रयोग गरेका छन् । प्रधानमन्त्री स्कट मोरिसनले सम्झौता गरेकोलाई पनि उनीहरूले आलोचना गरेका छन् । 

Vianet communication
Laxmi Bank

बन्दरगाहमा काम गर्ने कामदारहरूको मेरिटाइम युनिय अफ अस्ट्रेलियाले अकिस सम्झौताबाट आफू पूरै विपरीत रहेको बताए । 

कोभिड महामारी चलिरहेको बेलामा मोरिसनले खोपको आपूर्ति सुरक्षित पार्न तथा लकडाउनका कारण अप्ठ्यारोमा परेका अस्ट्रेलियालीहरूलाई सहायता गर्नुको साटो गोप्य सैन्य सम्झौता गरेको उक्त ट्रेड युनियनले लेख्यो । 

अकिस सम्झौताले चीनसँग अनावश्यक द्वन्द्व चर्काउने चेतावनी पनि युनियनले दिएको छ । 

यस सम्झौताका कारण अस्ट्रेलियाली सरकार आणविक हतियार प्राप्त गर्नका लागि प्रेरित हुन सक्ने आशंका पनि युनियनले गरेको छ । ‘पनडुब्बीहरूमा प्रवर्धित युरेनियमको उपयोग गरिनेछ जुन आणविक हतियारहरूका लागि आदर्श हो,’ युनियनले भन्यो । 

यस्तै किसिमको धारणा इलेक्ट्रिकल ट्रेड्स युनियन अफ अस्ट्रेलियाले पनि राखेको छ । अकिसमा सहभागी हुने क्यानबेराको निर्णय धोका भएको उसको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x