कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
चराचुरुङ्गी वन्यजन्तु तथा तिनको वासस्थान संरक्षणका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले गुलेली संकलन अभियान सञ्चालन गरेको छ ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले १४औं राष्ट्रिय संरक्षण दिवस २०७८ को अवसर पारेर चराचुङ्गी तथा वन्यजन्तुको संरक्षण गराउने उद्देश्यले गुलेली संकलन अभियान सञ्चालन गरेको हो ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजना र प्रहरीले बिहीवार संयुक्त रूपमा दोलखाको उत्तरी क्षेत्र सिङ्गटी बजारमा गुलेली संकलन अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत सो क्षेत्रबाट ३४ गुलेली र गुलेली बनाउन प्रयोग हुने ३७७ थान रबर संकलन गरेको छ ।
राष्ट्रिय प्राकृतिक संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले गाउँगाउँबाट गुलेली संकलनको लागि आयोजनाअन्तर्गतका संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई खटाएको र गाउँगाउँमा समेत गुलेली संकलन भइरहेको संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसीप्रसाद दाहालले बताए ।
अभियानअन्तर्गत गुलेली बुझाएर सहयोग गर्नेहरूलाई उचित मूल्यसमेत दिइने आयोजनाले जनाएको छ । गौरीशंकर संरक्षण क्षेत्रभित्र रहेका विभिन्न प्रजातिका चराचुङ्गी तथा वन्यजन्तुलाई संरक्षण गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको आयोजनाले जनाएको छ ।
गौरीशंकर हिमाललाई आधार बनाइ निर्माण गरिएको गैरीशंकर संरक्षण क्षेत्र दोलखा, रामेछाप र सिन्धुपाल्चोक गरी ३ जिल्लामा फैलिएको छ ।
संरक्षण क्षेत्रमा विभिन्न प्रजातिका चराचुङ्गी तथा वन्यजन्तुको बासस्थान रहेको पाइन्छ । चीनको सीमा तथा हिमाली क्षेत्रसँग जोडिएकाले यस संरक्षण क्षेत्रमा गतवर्ष संरक्षित वन्यजन्तु हिमचितुवा फेला परेको थियो ।
हिमचितुवा तथा अन्य संरक्षित वन्यजन्तु संरक्षण क्षेत्रमा रहेको हुँदा उनीहरुको संरक्षणको लागि आयोजनाले अभियान सञ्चालन गर्दै आएको छ ।
संरक्षित पक्षी सिकार गरी मारेमा वा घाइते बनाएमा १५ हजारदेखि ३० हजारसम्म जरिवाना वा ३ महिना देखि ९ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र अनुज्ञापत्र नलिइ संरक्षित पक्षीबाहेक अन्य पंक्षी शिकार गरी मारेमा वा घाइते बनाएमा २० हजारदेखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था छ ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...