शेयर बजारमा सामान्य सुधार

शेयर बजारमा सामान्य सुधार

शेयर बजार सूचक नेप्से बिहीबार सामान्य अंकले वृद्धि भएको छ ।


Advertisement

सूचकमा झिनो अंकको सुधार हुँदा कारोबार रकममा औसतमा रहेको छ । यस दिन नेप्से सूचक २.७० अंकले बढेर २८१९.६५ विन्दुमा आइपुगेको छ ।


Advertisement

७ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यस दिन विशेषगरी बैंकिङ समूहमा तेजी आएको छ । बैंकहरुले लाभांश घोषणा गर्न थालेसँगै लगानीकर्ताहरु पनि आकर्षित हुन थालेका हुन् । फाइनान्स समूह पनि सकारात्मक बनेको छ । 
 
यस दिन २२८ कम्पनीको १ करोड ५७ लाख १४ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।

३४ करोड १५ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा सानिमा बैंक अग्रस्थानमा परेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र माछापुच्छ्रे बैंक परेका छन् । मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य १०% ले वृद्धि भएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्