×

NMB BANK
NIC ASIA

कपनको ढलमा बच्चा बेपत्ता प्रकरण

सरकारले सडकको बीचमा ढलरूपी धराप थाप्यो– त्यही धरापले बच्चा ‘निल्यो’ !

असोज ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कपन मिलनचोकमा रहेको सरिन स्टोरका सञ्चालक विशालकुमार नेपाल मंगलवार बेलुका करीब सवा ८ बजे पसल बन्द गर्न सटर तान्दै थिए ।

Muktinath Bank

ठूलो झरी परेको थियो । उनका भाइ सडकतिर हेरिरहेका थिए । पानी पर्दा त्यहाँको सडक खहरे खोलाभन्दा कम हुँदैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसदिन पनि सडकमा खोला बगिरहेको थियो । वल्लोपल्लो पसल बन्द भइसकेका थिए ।


Advertisment
Nabil box
Kumari

त्यही बीचमा उनका भाइ चिच्याए– रोक, रोक, रोक ।

Vianet communication
Laxmi Bank

कुद्दै आएका एक बालक उनले रोक्न नपाउँदै ढलमा खसिहाले । निमेषभरमा घटना भयो । करीब ९/१० वर्षका ती बालक एकैछिनमा अदृश्य भए ।

भाइ कराएको सुनेर विशालले पनि त्यतै हेरे, तर त्यो बेलासम्म भल मात्रै थियो, खहरेझैँ बगिरहेको ।

को ढलमा खस्यो उनले पत्तै पाएनन् । भाइले विशाललाई केही सेकेण्डअघिको दृश्य बताए– ‘निलोनिलो धर्के टिशर्ट लगाएको बच्चा थियो ।’

निलो धर्के टिशर्ट लगाएको बच्चा भनेपछि उनको आँखा अगाडि एक बच्चाको तस्वीर घुम्न थाल्यो, जो सधैँ उनकै पसलमा खानेकुरा किन्न आउँथ्यो ।

उज्ज्वल बिक नाम गरेका ती १० वर्षे बालक सोही दिन पनि झरी पर्नुअघि हजुरबुवासँग आएर पसल अगाडिको ठेलामा समोसा खाएको उनले देखेका थिए ।

घर जान कुदेको बालक सडक नै ढाकेर ढल बगेकाले कुद्दाकुद्दै भुलवश ढलमा खसेको हुनसक्ने उनले बताए ।

सडक कहाँ छ, र ढल कहाँ छ भन्ने नै थाहा हुने अवस्था थिएन ।

त्यसपछि उनले प्रहरीलाई घटनाबारे खबर गरे । प्रहरी आउँदा घटनास्थलमा कुनै नामनिशान थिएन ।

कपनको यो ढलरूपी धराप सिंगो बर्खाभर यस्तै रह्यो ।

बर्खा लागेपछि सडक र ढल बनाउने काम बन्द गर्दा यो जस्ताकोतस्तै थियो ।

विशालले यसअघि पनि आफूले २ बच्चालाई यो धरापबाट बचाइसकेको सुनाए ।

‘पहिला पनि २ जना बच्चा ढलमा पसेका थिए । हामीले बेलैमा देखेर उद्धार गरेका थियौं,’ विशालले लोकान्तरसँग भने, ‘त्यसपछि हामीले कोही नपरुन् भनेर वरिपरि बाँसको बार पनि लगाएका थियौं ।’

तर त्यो बाँसको बार पनि ढलले बारम्बार बगाइरयो । उनीहरूले यो बर्खामा मात्रै ३/४ पटक बाँस ल्याउनुपरेको सुनाए ।

केही दिनअघिको भलले बाँस बगाएपछि ल्याउन पाएका थिएनन्, त्यही बेलामा यो दुर्घटना हुन पुग्यो ।

प्रहरीले खबर पाएलगत्तै महानगरीय प्रहरी प्रभाग कपनले विपद् व्यवस्थापन टोलीका १३ जना सदस्यलाई खटाएको थियो ।

टोलीले करीब २ घण्टा ढलभित्र खोजी पनि गर्‍यो, तर नामोनिसान भेटिएन ।

पानी सुकेपछि भोलिपल्ट समेत खोजी गर्दा पनि केही भेटिएन ।

सोही दिन अन्य दुई बालक पनि हराएको उजुरी प्रहरीमा परेको छ । 

प्रहरीले उनीहरूको पनि खोजी जारी राखेको छ । ती दुई बालक अन्तै कतै गए कि त्यस्तै दुर्घटनामा परे भन्ने यकिन हुन सकेको छैन ।

आमा पोइल गइन्– बुवाले अर्कै आमा टिपेर हिँडे

मंगलवार बेलुका ढलमा बगेका १० वर्षीय उज्ज्वल विक आफ्ना हजुरबुवासँग पाथीभरा टोलमा बस्दै आएका थिए । 

उनी धेरैजसो खरिबोटनजिक रहेको फुपूको घरमा बस्थे । सो दिन पनि फुपूको घरमा चाउमिन खाएर बाहिरिएका थिए ।

‘फुपू म आज चाउमिन खाने भनेर खुवाएकी थिएँ, बुवासँगै आएको थियो,’ फुपू अनिता कोइरालाले लोकान्तरसँग भनिन्, ‘हामी त बुवासँगै होला भन्नेमा थियौं, बिहान मात्रै थाहा पायौं ।’

हजुरबुवाले मादक पदार्थ सेवन गर्ने भएकाले नाति कता गयो भन्ने पत्तो नपाएको उनले बताइन् ।

‘बुवाले अलिक (रक्सी) खानुहुन्छ, त्यसैले घर गयो होला भन्ने लागेछ, तर यता गएको उता गएको भन्ने केही थाहा छैन भन्नुहुन्छ,’ अनिताले रुँदै लोकान्तरसँग भनिन् । 

अनिताका अनुसार उज्ज्वलकी आमाले १८ महिनाको बच्चा छाडेर अर्कैसँग दोस्रो विवाह गरेकी थिइन् । श्रीमतीले छाडेपछि बुवा पनि बेपत्ता भए ।

‘दाइ पनि अर्कै लिएर कतै बसेको छ भन्ने सुनेको छु,’ अनिताले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x