चैत २, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रतिनिधि सभामा विचाराधीन महाभियोग प्रस्तावमाथि सभामुखले छलफलका लागि मिति समेत तोकिसकेको अवस्थामा सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरिदिएको छ । मन्त्रिप...
काठमाडाैं | असोज १२, २०७८
सोमवार एकै दिन नेपाली आकाशमा दुईवटा सम्भावित हवाई दुर्घटना टरे । नेपालमा तुलनात्मक रूपमा ‘भरपर्दो’ भनिने बुद्ध एयरका दुईवटा जहाज सम्भावित दुर्घटनाबाट बचेका हुन् ।
काठमाडौंबाट पोखराका लागि उडेको विमानमा समस्या देखिएलगत्तै विराटनगरका लागि उठेको अर्को जहाजमा गम्भीर प्राविधिक समस्या देखियो । एउटा जहाजमा सामान्य प्राविधिक समस्या देखिएपनि अर्को जहाज चालकको कुशलताका कारण दुर्घटना हुनबाट बच्यो ।
७३ यात्रु र चालक दलका सदस्यसहित विराटनगरका लागि उडेको जहाजलाई काठमाडौंमा सुरक्षित अवतरण गराइयो । चालक एजी शेर्पाको कुशलताका कारण भवितव्य हुनबाट जोगियो । तर, नेपाली हवाई सुरक्षामाथि फेरि एउटा प्रश्न उठ्यो । अप्रिय स्थिति आउन सक्ने भन्दै विमानस्थलमा दमकल र एम्बुलेन्ससहित उद्धारकर्ताको टीम हतार–हतार विमानस्थल पुग्यो ।
सडक यातायात भरपर्दो नहुँदा नेपालमा पछिल्ला वर्षहरूमा हवाई यात्रा गर्ने यात्रुको संख्या बढिरहेको छ । हवाई यात्रुको संख्या बढेसँगै नेपालमा दुई दशक यता निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी फस्टाएका छन् । उनीहरूले आफ्नो व्यवसायलाई विस्तार गरेका छन्, तर सुरक्षा सावधानीमा भने उनीहरूले पर्याप्त ध्यान दिएका छैनन् ।
पर्याप्त सुरक्षा मापदण्ड नअपनाएको भन्दै नेपाली हवाई सेवालाई युरोपेली युनियनले बेलाबखत कालो सूचीमा राख्ने गरेको छ । नियमनकारीको फितलो अनुगमन र हवाई सेवा प्रदायकको नाफा कमाउने होडका कारण यात्रुहरू सुरक्षित हुन सकेका छैनन् ।
थोरै जहाजले धेरै उडान गर्नुपर्ने भएकाले नेपालमा सञ्चालिन निजी क्षेत्रका जहाजको पर्याप्त मर्मतसम्भार हुने गरेको छैन । कुनै गन्तव्यबाट आउनासाथ अर्को गन्तव्यमा उडान भर्नुपर्ने चटारोका कारण निजी क्षेत्रका जहाजको प्राविधिक परीक्षणका लागि समय समेत नहुने जानकारहरू बताउँछन् ।
पुराना जहाज चलाउने तर पर्याप्त मर्मतमा ध्यान नदिएको गुनासो सेवाप्रदायक कम्पनीमाथि लाग्दै आएको छ । राजनीतिक अस्थिरता र सरकारी बेथितिका कारण नेपालका कुनैपनि नियमनकारी संयन्त्रले प्रभावकारी काम गर्न सकेका छैनन् । जहाज मर्मर र परीक्षणमा सरकारले उनीहरूलाई कडाइ गरोस् ।
सोमवारको घटनाबाट पाठ सिकेर काठमाडौं बाहिरका विमानस्थलमा पनि आकस्मिक अवतरण गर्न सक्ने खालका सुरक्षा प्रबन्ध गर्न जरुरी छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वर्षअघि भएको युएस बंगला एयरको विमान दुर्घटनाले नकारात्मक सन्देश गएको थियो ।
नेपाली हवाई सेवाको सुरक्षाको विषय नेपालमा घुम्न आउने विदेशी पर्यटकको समेत चासो र चिन्ताको विषय हो । नेपालको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सरकारसँगै निजी क्षेत्रका हवाई सेवा प्रदायक समेत उत्तिकै जिम्मेवार हुन जरुरी छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रतिनिधि सभामा विचाराधीन महाभियोग प्रस्तावमाथि सभामुखले छलफलका लागि मिति समेत तोकिसकेको अवस्थामा सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरिदिएको छ । मन्त्रिप...
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार आफ्नो तीन दिने भारत भ्रमण पूरा गर्दैछन् । नेपाल र भारतबीच लामो समयसम्म हुन नसकेको उच्चस्तरीय संवाद देउवाको भ्रमणबाट पुनः सुचारु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र म...
तनहुँ सदरमुकाम दमौलीमा आइतवार भएको आगलागी नियन्त्रण गर्नका लागि काठमाडौंबाट हेलिकप्टर गएर पानी ओसार्नुपरेको दृष्य अलि अस्वाभाविक जस्तो देखियो । हेलिकप्टरमा पानी ओसारेर चार घण्टा लगाई बल्लतल्ल आगलागी न...
केही ढिला भएपनि सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा चुनाव गर्नेगरी स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ । निर्वाचन आयोगसँग जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्ने सहमति जनाएकोमा सरकारले निर्वाचनलाई ५ दिन ...
नेपालमा विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट किनारा लागेको छ । फागुन १५ गते राति बसेको प्रतिनिधि सभा बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी...
वैशाख ३० का लागि निर्धारित स्थानीय तह चुनाव आउन करीब एक महिना मात्र बाँकी रहेको समयमा फेरि चुनावप्रति संशय उत्पन्न हुने खालका अभिव्यक्ति नेताहरूबाट आउन थालेका छन् । निर्वाचन आयोगले आचारसंहिता समेत लागू गर...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...