×

NMB BANK
NIC ASIA

अनियमितताको आशंका

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

असोज १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश २ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

Sagarmatha Cement
Muktinath Bank

मुख्यमन्त्री कार्यालय मातहत सञ्चालित 'मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान'मा अनियमितता भएको उजुरी परेपछि आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले टोलीले बुधवार छापा मारेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान'मा अनियमितता भएको समाचार लोकान्तरले यसअघि नै प्रकाशित गरेको थियो ।


Advertisment
Nabil box
Kumari

२०७६ असार १६ गते मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरी ९ करोड ८४ लाख १८ हजार मूल्यका १४ हजार थान साइकल २६२ विद्यालयका प्रधानाध्यापक वा विद्यालयका प्रतिनिधिलाई ८ कक्षामा पढ्ने छात्रा संख्याको आधारमा उपलब्ध गराएको थियो।

Vianet communication
Laxmi Bank

त्यसक्रममा अनियमितता भएको कुरा महालेखा परीक्षकको प्रतिवेदनले समेत औंल्याएको छ ।

'आठ जिल्लाका सामुदायिक विद्यालय र कक्षा ८ मा पढ्ने छात्रा विद्यार्थीको संख्या लगत अद्यावधिक नगरेकाले सबै विद्यालयका सबै छात्राले साइकल प्राप्त गरेको यकिन भएन,' महालेखाको प्रतिवेदनमा थप भनिएको छ, 'यस्तो कार्यक्रम सञ्चालन गर्दा आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीलाई मात्र वितरण गरेमा उपलब्ध सीमित स्रोतको न्यायोचित उपयोग गर्न सकिने देखिन्छ।'

प्रतिवेदनमा उक्त कार्यक्रमलाई वितरणमुखी कार्यक्रम समेत भनिएको छ।

त्यसैगरी सोही अभियान अन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा कार्यक्रममा समेत अनियमितता भएको छ। 

छोरी शिक्षा बीमा/मुद्दती बचत कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ मा २०७५ माघ १ गतेपछि जन्मिएका प्रदेश २ का आठवटै जिल्लाका बालिकाहरूलाई कार्यक्रममा आवद्ध गरी मुद्दती खाताबाहकले २० वर्ष उमेर पूरा गरेपछि निजले मुद्दती अवधिभित्रै विद्यालय शिक्षा वा १२ कक्षा वा सो सरह पूरा गरेको र २० वर्ष उमेर पूरा नगरी विवाह नगरेको अवस्थामा सेवा प्रदायक संस्थाले एकमुष्ट रूपमा ३ लाख रुपैयाँ भुक्तानी दिनुपर्ने उल्लेख छ।

कार्यालय र बैंकसँग भएको सम्झौताको बुँदा नम्बर १ मा छोरी मुद्दती बीमा रकम जम्मा गर्न एकपटकमा ३७ हजार रुपैयाँका दरले सेवा प्रदायक संस्थालाई २ हजार ७७८ जना बालिकाको नाममा १४ करोड ९९ लाख ८७ हजार रुपैयाँ उपलब्ध गराएको छ।

'सो रकम प्राप्त भएपछि बैंकले छोरी मुद्दती खाता खोली सो खातासम्बन्धी सम्पूर्ण विवरण मन्त्रालयलाई दिनुपर्नेमा बालिकाको खातामा रकम जम्मा भएको, खाता सञ्चालन गरेको वा कुनै बीमा पोलिसी जारी गरेको प्रमाण पेश गरेको छैन,' महालेखाको प्रतिवेदनमा भनिएको छ, 'बीमा गरिएको रकम दीर्घकालमा हिनामिना र दुरुपयोग नहुने गरी सुनिश्चित गरिनु पर्दछ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x