यस्तो छ रुपचन्द्र बिष्टको जीवनीमा आधारित चलचित्र 'रुदाने'को टिजर

यस्तो छ रुपचन्द्र बिष्टको जीवनीमा आधारित चलचित्र 'रुदाने'को टिजर

विद्रोही दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म ‘रुदानेः विद्रोहको नेपाली नाम’को टिजर सार्वजनिक भएको छ । 


Advertisement

निर्माण युनिटले बुधवार ओएसआर डिजिटलमार्फत टिजर सार्वजनिक गर्दै २०२२ को मध्यसम्ममा फिल्म रिलिज गर्ने गरी काम अगाडि बढिरहेको जनाएको छ । 


Advertisement

फिल्म रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनका विविध पाटाहरू समेटेर निर्माण गरिएको हो । रुदाने अमित किशोर सुवेदी  र विकास ढकालले संयुक्त अनुसन्धान, लेखन तथा निर्देशन गरेका हुन् । 

दावनल क्रियसनले निर्माण गरेको फिल्मका प्रमुख कार्यकारी  निर्माता जागृत रायमाझी हुन् भने सह–निर्माता भानुभक्त थापा र सहायक निर्माताहरूमा पदमकेशर कटुवाल र सहदेवप्रसाद सापकोटा छन् ।  


Advertisement

फिल्ममा मुख्य चरित्र रुपचन्द्र विष्टको भूमिकामा दिव्य देवले अभिनय गरेका छन् । चलचित्रमा नम्रता श्रेष्ठ, रवि गिरि, सुभाष गजुरेल, अम्बर सुवेदी, सरोज अर्याल, आलोक थामी, नमिता तामाङलगायत कलारकारको अभिनय छ । 

रुपचन्द्र विष्ट विद्रोही दार्शनिक, राजनीतिज्ञ र निमुखा जनताका आवाज मात्रै पनि थिएनन्, शिक्षक, समाज सुधारक लगायतका अन्य थुप्रै विशेषण उनको नामसँगै जोडिएर आउँछन् । 

सन् १९८० को दशकमा विष्टले थाहा दर्शन प्रतिपादन गरे र पछि त्यही थाहा दर्शनलाई नै आधार बनाएर जनता जगाउने आन्दोलन थाहा आन्दोलन चलाएका । रुदाने रुपचन्द्रले आफैंले आफैंलाई दिएको नाम हो, जसको पूर्ण रुप हुन्छ रु–रुप, दा–दामन, ने–नेपाल । 

लेखक तथा निर्देशकद्वयले बर्सौ सम्म रुचपन्द्र विष्ट माथि  गहिरो अध्ययन अनुसन्धान गरी रुदानेः विद्रोहको नेपाली नाम तयार पारेको निर्माण पक्षले जनाएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्