×

NMB BANK
NIC ASIA

दशैं मान्न नपाउँदै विदेशतर्फ

दशैंको मुखमा समेत युवालाई विदेशिने चटारो, टीका लगाउन नपाइ ४५ हजारले देश छाड्ने !

असोज १३, २०७८

NTC
Sarbottam
प्रतीकात्मक तस्वीर
Premier Steels
Marvel

मुलुकमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेका संख्या बढेसँगै वैदेशिक रोजगारीमा जानेहरूको संख्या बढेको छ । 

Sagarmatha Cement
Muktinath Bank

पछिल्लो २ महिनामा मात्रै मुलुकबाट वैदेशिक रोजगारीमा जानेहरूको संख्या ६१ हजारभन्दा बढी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महामारीकै बीचमा विदेशी मुलुकबाट बढी मात्रामा माग पत्र आइरहँदा नेपालबाट रोजगारीका लागि बाहिरिनेको संख्या बढ्न थालेको हो । 


Advertisment
Nabil box
Kumari

दशैंअगाडि नै ४५ हजारले मुलुक छाड्ने !

Vianet communication
Laxmi Bank

नेपालीहरूको महान् चाड दशैंको मुखमा करीब ४५ हजार नागरिक वैदेशिक रोजगारीका लागि जाने देखिएको छ । 

विभागका अनुसार अहिले दैनिक रूपमा १२ सयदेखि २ हजारसम्म श्रमिक वैदेशिक रोजगारीका लागि गइरहेका छन् । 

‘यसरी हेर्दा दशैं अगाडि नै थोरैमा नै करीब ३० हजार मानिस रोजगारीमा जाने देखिन्छ,’ वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव सुजित श्रेष्ठले लोकान्तरसँग भने । 

यो संख्या श्रम स्वीकृति लिएर जाने मात्रैको हो । तर यो संख्या यति मै सीमित रहने देखिँदैन ।  

महासचिव श्रेष्ठका अनुसार दुबईमा अहिले फरक अवस्था छ । 

दुबईमा कामदारको रूपमा भन्दा पनि पर्यटक भिसाको माग बढी छ ।

जसका कारण नेपालीहरू पनि त्यहाँसम्म पर्यटक भिसामा पुग्ने र त्यहाँ पुगेपछि भिसा ट्रान्सफर गर्ने गरिरहेका छन् ।

उनका अनुसार अहिले दैनिक ६ सय नेपाली पर्यटक भिसामा दुबई गइरहेका छन् । त्यहाँ पुगेर उनीहरूले श्रमिक बनेर काम गरिरहेको पाइएको महासचिव श्रेष्ठले बताए ।   

उनले भने, ‘दुबईमा अहिले फरक अवस्था छ । कामदारहरू टुरिस्ट भिसामा गएर भिसा ट्रान्सफर गरी बसिरहेका छन् । पर्यटक भिसामा दुबई जानेको संख्या दैनिक ६ सयको हाराहारीमा छ ।

पर्यटक भिसामा दुबई जानेहरूको संख्यालाई पनि जोड्ने हो भने दशैंअगाडि नै ४५ हजारको हाराहारीमा युवा वैदेशिक रोजगारीमा जाने देखिएको उनले बताए ।

‘असोज महिनामा अर्थात् दशैं अगाडिसम्ममा नै करीब ४५ हजारले वैदेशिक रोजगारीका लागि उडान भर्ने देखिन्छ,’ लोकान्तरसँग उनले भने ।

बढ्दै मागपत्र 

कोरोनाका कारण प्रभावित वैदेशिक रोजगारी लयमा फर्किने क्रममा छ । 

कामदार आयात रोकेका मुलुकहरूले पनि धमाधम माग पत्र पठाउन थालेका छन् ।

असोज महिनामा विभिन्न मुलुकबाट करीब ६५ देखि ७० हजारको हाराहारीमा मागपत्र आउने सम्भावना रहेको महासचिव श्रेष्ठले बताए ।

कोभिड १९ को खोप लगाउनेहरूको संख्या बढ्दै जाँदा श्रमिक आयात गर्ने मुलुकहरूले नेपाली कामदार बढी मात्रामा मागिरहेको उनले सुनाए । 

पछिल्ला दिनहरूमा साउदी अरबमा नेपाली कामदारको माग सबैभन्दा उच्च छ । यस्तै कतार, मलेसिया, कुवेत, बहराइन र ओमानले पनि धमाधम मागपत्र जारी गर्दैछन् । 

यसबाहेक केही युरोपेली मुलुकबाट पनि माग आएको छ ।

‘युरोपेली मुलुकमध्ये रोमानिया र साइप्रसमा माग उच्च छ,’ उनले भने ।

सामान्यतयाः मागपत्र आएर श्रमिकले श्रम स्वीकृति पाएको कम्तिमा ३ महिनाभित्रमा श्रमिकहरू वैदेशिक रोजगारीका लागि जाने गरेका छन् ।  

कोरोना महामारीले अस्तव्यस्त बनेको वैदेशिक रोजगारी अहिले विस्तारै चलायमान हुँदै गएको छ । पछिल्ला दिनहरूमा श्रम स्वीकृति लिनेहरूको संख्या पनि बढ्दै गइरहेको वैदेशिक रोजगार कार्यालय ताहाचलका शाखा अधिकृत प्रदीप ढकालले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार साउनमा २५ हजार ४ सय २८ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पाएका छन् । यस्तै भदौमा ३६ हजार ४० जनाले श्रम स्वीकृति पाएका छन् । 

दैनिक रूपमा अहिले १ हजार ५ सय देखि २ हजार जनासम्म उडिरहेको देखिन्छ । 

दशैंसम्ममा यो संख्या बढ्ने देखिन्छ । 

छुट्टीमा आउने र श्रम स्वीकृति गर्ने देखिन्छ । यस्तै नवीकरण गर्ने र रिइन्ट्री गर्नेको संख्या बढी देखिन्छ । 

गत आर्थिक वर्षमा १ लाख ६६ हजार ६ सय ९८ जनाले वैदेशिक रोजगारीका लागि गएका थिए । 

जसमध्ये संस्थागत (८ सय ५५ म्यानपावरबाट) रूपमा जानेको संख्या ६१ हजार ४ सय २८  रहेको थियो । यस बाहेकको संख्या यस्तै बिदामा आएर फर्किएका  तथा व्यक्तिगत भिसामा गएका थिए ।  


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x