चार पूर्वप्रधानन्यायाधीशविरुद्धको मुद्दामा सर्वोच्चले भन्यो- दाबी पुगेन

चार पूर्वप्रधानन्यायाधीशविरुद्धको मुद्दामा सर्वोच्चले भन्यो- दाबी पुगेन

पूर्वप्रधानन्यायाधीशहरूविरुद्ध अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले निवेदकको मागदाबी नपुगेको फैसला गरेको छ । 


Advertisement

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले शुक्रवार यस्तो फैसला गरेको हो । 


Advertisement

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार निवेदकले माग गरेको दाबी नपुगेको भन्दै फैसला भएको हो । सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा चार जना पूर्व प्रधानन्यायाधीशहरूले अदालतको विषयमा वक्तव्य जारी गरेर अदालतको अवहेलना गरेको हुनाले हदै सम्मको सजाय हुनुपर्ने माग दाबी गर्दै अधिवक्ता लोचन भट्टराईले रिट निवेदन दिएका थिए । 

'१ वर्ष सम्मको कैद र १० हजार रूपैयाँ जरिवाना हुनुपर्ने माग दाबीसहित दर्ता भएको रिटमा माग दाबी पुगेन,' फैसलामा उल्लेख छ। 


Advertisement

पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, सुशीला कार्की, अनुपराज शर्मा र कल्याण श्रेष्ठविरुद्ध परेको रिटमाथि उक्त फैसला भएको हो। 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्