×

NMB BANK
NIC ASIA

विकासमा अलमल

कालिकाले टेन्डर भर्दा अल्झियो ग्वार्कोको 'फ्लाइ ओभर', निर्णय लिन छैनन् मन्त्री !

असोज १७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भ्रष्टाचार मुद्दामा मुछिएको कालिका कस्ट्रक्सनले पनि प्रतिस्पर्धामा भाग लिएपछि ३५ करोड रुपैयाँको लागतमा निर्माण हुने भनिएको ग्वार्कोको फ्लाइ ओभर निर्माणको काम प्रभावित भएको छ।

Muktinath Bank

३५ करोड रुपैयाँको लागतमा ललितपुरको ग्वार्कोमा फ्लाइ ओभर निर्माणका लागि आह्वान गरिएको ठेक्कामा कालिका कन्स्ट्रक्सनले पनि प्रतिस्पर्धामा भाग लिएपछि टेन्डर मूल्यांकनको काम प्रभावित भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भ्रष्टाचार आरोप लागेर विशेष अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको कालिका कन्स्ट्रक्सन कम्पनीले समेत आवेदन भरेपछि मूल्यांकनको काम रोकिएको हो ।


Advertisment
Nabil box
Kumari

सिक्टा सिञ्चाइ आयोजनामा कालिका कन्स्ट्रक्सनले सम्झौतामा तोकिएको मापदण्ड अनुसार काम नगरेको र गुणस्तरहीन काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेर विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। उक्त मुद्दा विचाराधीन अवस्थामा छ ।

Vianet communication
Laxmi Bank

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको सडक विभाग मातहतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले २०७८ असार २८ गते उक्त फ्लाइ ओभर ब्रिज निर्माण गर्नका लागि बोलपत्र आह्वान गरेको थियो। २०७८ साउन २६ गते बोलपत्र खोल्दा कुल ९ वटा निर्माण कम्पनीले बोलपत्र आवेदन भरेकोमा कालिका कन्स्ट्रक्सनले पनि टेन्डर भरेको पाइएको छ।

गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख डा. विजय जैसीले भ्रष्टाचारको मुद्दामा अभियोगपत्र सहित विशेष अदालतमा विचाराधीन अवस्थामा मुद्दा रहेको कालिका कन्स्ट्रक्सनले समेत बोलपत्र भरेका कारण प्राविधिक मूल्यांकनको काम रोकिएको बताए ।

'कालोसूचीमा परेको निर्माण कम्पनीले प्रतिस्पर्धामा भाग लिन पाउँदैन, तर भ्रष्टाचारको मुद्दा लागेको र अहिलेसम्म कसूर ठहर नभएको अवस्थामा कालिका निर्माण कम्पनीले प्रतिस्पर्धामा भाग लिन पाउने दाबीसहित बोलपत्र भरेको छ,' जैसीले लोकान्तरसँग भने, 'त्यस्तो अवस्थामा कालिका कन्स्ट्रक्सनलाई मूल्यांकनमा सहभागी गराउने कि नगराउने भन्ने विषयमा विषय भौतिक पूर्वाधार मन्त्रीज्यूले मात्र निर्णय लिन सक्नुहुन्छ ।'

आवेदन दिएका कालिकासहित ९ वटा निर्माण कम्पनीको प्रस्तावको प्राविधिक मूल्यांकनका लागि मन्त्रालयमा फाइल पठाइसकिएको छ। तर उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले हेरिरहेको अवस्थामा निर्णय हुन सकिरहेको छैन ।

'उक्त मन्त्रालयमा मन्त्री नियुक्त भएर आएपछि मात्र त्यसमा कुनै निर्णय होला, प्रधानमन्त्रीज्यूले अहिले त्यस विषयमा कुनै निर्णय नगर्नुहुने कुरा छ,' जैसीले भने ।

अनक-श्रेष्ठ जेभी, आशिष-समानान्तर- रेलिगेर जेभी, इलाइटर कन्स्ट्रक्सन, कालिका कन्स्ट्रक्सन, लामा-गोल्डेन गुड्स जेभी, शर्मा एण्ड सन्स कम्पनी, एमआर –सगरमाथा जेभी, सूर्या-भ्याली जेभी,टुन्डी-रसुवा- रोशन जेभीसहित ९ वटा निर्माण कम्पनीले बोलपत्र भरेका छन्।

प्राविधिक र आर्थिक प्रस्ताव मूल्यांकन भएर छनोट हुने निर्माण कम्पनीसँग केन्द्रले सम्झौता गर्नेछ।

सम्झौता भएको २ वर्षसम्ममा उक्त निर्माणको काम सम्पन्न गर्नुपर्ने हुन्छ ।  पुल निर्माण भएको ५ वर्षसम्म मर्मतसम्भारको काम समेत उक्त निर्माण कम्पनीको दायित्वभित्र पर्छ ।

८ लेन रहेको उक्त सडकको ४ लेनमा मात्र फ्लाइ ओभर निर्माण हुनेछ। ५ सय मिटर लम्बाइ र ६ मिटर उचाइसहित निर्माण हुने फ्लाइ ओभरको माथिल्लो भागमा सुपरस्ट्रक्चर हुने जैसीले बताए।

फ्लाइ ओभरमा चढ्न तथा ओर्लिनका लागि कोटेश्वरतर्फ २८० मिटर र सातदोबाटो तर्फ १७५ मिटरको र्‍याम हुनेछ। उक्त फ्लाइ ओभर निर्माणको काम भने नायन मोडेल इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) विधिले गरिने जैसीले बताए।

उक्त फ्लाइ ओभर निर्माण भएपछि मंगलबजारबाट इमाडोलतर्फ र इमाडोलबाट मंगलबजारतर्फ सवारी साधान नरोकिइकनै चल्नसक्ने र ट्राफिक जाम कम हुने जैसीले बताए।

वसन्त नेम्वाङ भौतिक पूर्वाधार मन्त्री रहेका बेला रिङरोडमा जाम कम गर्ने उद्देश्यले ललितपुरको ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइ ओभर निर्माणको सम्भाव्यता अध्ययन गराएका थिए ।

'त्यसमध्ये सबैभन्दा पहिले शुरू कहाँबाट गर्न सकिन्छ भन्ने अध्ययन गराउँदा ग्वार्को नै ठीक हुने भनेर त्यसका लागि मन्त्रीज्यूले आफैं अर्थ मन्त्रालयबाट बजेट समेत सुनिश्चितता गराउनुभयो,' जैसीले लोकान्तरसँग भने, 'बजेट सुनिश्चित भएपछि टेन्डर समेत गरियो । अब सातदोबाटो र एकान्तकुनामा पनि फ्लाइ ओभर निर्माणका लागि बजेट सुनिश्चितताको प्रक्रियामा छौं।'

एकान्तकुना र सातदोबाटोमा बजेट सुनिश्चितता भएपछि ती स्थानमा पनि फ्लाइ ओभर निर्माणका लागि टेन्डर खोलिने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x