×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

जनकपुर बमकाण्ड

सञ्जय साहको जन्मकैद सजाय उच्च अदालत जनकपुरले उल्ट्यायो

सात वर्ष मात्र सजाय हुने फैसला

काठमाडाैं | असोज १७, २०७८

NTC
TVS INSIDE

साढे ९ वर्षअघि जनकपुरको रामानन्द चोकमा भएको बम बिस्फोट घटनामा जन्मकैदको सजाय पाएका सञ्जय साहको सजायलाई उच्च अदालत जनकपुरले उल्ट्याएको छ। जन्म कैदलाई घटाएर सात वर्ष मात्र सजाय हुने फैसला गरिएको छ।

Sanima Bank
morang Auto yamaha

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीर बहादुर चन्दको संयुक्त इजलासले आज आइतवार अबेर राति उक्त फैसला गरेको एक कानून व्यवसायीले जानकारी दिए । गत आइतबारदेखि नै हेर्दाहेर्दैमा रहेको उक्त मुद्दाको फैसला राय किताबमा आज राति ८ बजे न्यायाधीशद्वयले लेखेका छन्।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

बम विस्फोटमा परेर ५ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएको थियो। यसअघि उक्त मुद्दामा धनुषा जिल्ला अदालतले साहलाई जन्म कैदको सजाय सुनाएको थियो। उनी हाल नख्खु स्थित कारागारमा छन्। ज्यान मार्ने उद्योगमा ७ वर्षको सजाय र कर्तव्य ज्यान मुद्दामा मुख्य कसूरवार नभएर षडयन्त्रकारीको रुपमा मात्रै सजाय निर्धारण गरिएको छ।

जनकपुर बमकाण्डको नालीबेली

तत्कालीन अवस्थामा प्रादेशिक संरचनामा मिथिला राज्य हुनुपर्छ भनेर घटना भएको क्षेत्रमा साहित्यकार, कलाकार, बुद्धिजीवी, विभिन्न संघ–संस्था, युवा क्लबहरू सम्मिलित मिथिला राज्य संघर्ष समिति आन्दोलित थियो । शान्तिपूर्ण तरिकाले आफ्नो माग राज्यसमक्ष पुर्‍याउन प्राध्यापक परमेश्वर कापडीको संयोजकत्वमा गठित उक्त संघर्ष समितिले एक–एक घण्टा चक्काजाम गरी सांस्कृतिक कार्यक्रमलगायत विभिन्न कार्यक्रमहरू गर्ने भनेर पहिलेदेखि नै तय गरेको थियो । १८ वैशाख २०६९ मा संघर्ष समितिले पूर्वनिर्धारित कार्यक्रमअनुसार जनकपुरको रामानन्द चोकमा सडकमा धर्ना दिएर विरोध प्रदर्शन गरिरहेको थियो ।

मधेसकेन्द्रित दलहरू सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले समग्र मधेस एक स्वायत्त प्रदेशको अडान राखिरहेका बेला आफ्नो ऐतिहासिक पहिचान गुम्ने भन्दै मिथिला राज्य संघर्ष समितिले मिथिला राज्य माग गरिरहेका थिए । शान्तिपूर्वक धर्नामा बसेका बेला अचानक शक्तिशाली बम विस्फोट गराइयो ।

विस्फोटमा परी जनकपुर नगरपालिका– १० बस्ने झगरुलाल दास कथबनिया (४०), जनकपुर ८ बस्ने बिमल शरण (४०), महोत्तरी बथनाहा– ९ तथा हाल जनकपुर बस्ने रञ्जुदेवी झा (४०), जनकपुर– ८ बस्ने सुरेश उपाध्याय (४५) र दीपेन्द्र दास (३५) गरी कुल पाँच जनाको ज्यान गएको थियो । विस्फोटनमा परेर ३२ जना घाइते भएका थिए । जनकपुरको इतिहासमा पहिलोपटक यसरी शान्तिपूर्ण आन्दोलनमा कुनै आपराधिक समूहले बम विस्फोट गराएको थियो । जानकी नवमीको उल्लास त्यो वर्ष चित्कारमा परिणत भएको थियो ।

२०७५ चैतमा पूर्व सांसद तथा राज्यमन्त्री समेत रहेका साहलाई घटनाको मुख्य योजनाकार भन्दै जन्मकैदको सजाय सुनाइएको थियो । जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले उनीसहित अरु ६ जनालाई पनि जन्मकैदको सजाय सुनाएको थियो ।
साह पहिलो संविधान सभा र दोश्रो संविधानसभा चुनावमा धनुषाबाटै  विजयी भएका थिए ।  बम काण्ड घटना भएपछि उनी मुख्य योजनाकारको आरोपमा पक्राउ परेका थिए ।

 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ २, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दायर रिट सर्वोच्च अदालतले आइतवार दरपीठ गरिदिएको छ ।  जबराविरुद्ध लागेका आरोपहरू गम्भीर प्रकृतिका भएकाले छानबिन गरी आवश्यक कारबाहीको माग गर्दै अधिवक्ता माधवकुमा...

पुस २८, २०७८

काठमाडौं जिल्ला अदालतले नेपाल बंगलादेश बैंकमा रहेको ढाकाको आईएफआईसी बैंकको स्वामित्वमा रहेको ४१ प्रतिशत शेयर चौधरी ग्रूपलाई नबेच्न आदेश दिएको छ । एमभी दुगड ग्रूपका अध्यक्ष मोतिलाल दुगडले शेयर किन्न अप्रिल ...

माघ ४, २०७८

राष्ट्रिय सतर्कता केन्द्रले मन्त्रालय सहितका विभिन्न कार्यालयमा गरेको अनुगमनमा तोकिएको समयमा कार्यालयमा हाजिर नहुने र तोकिएका पोशाक नलगाउने क्रम नरोकिएको जनाएको छ । केन्द्रका अनुसार चालू आर्थिक वर्षमा १४७ कार्य...

पुस २८, २०७८

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ । गृह मन्त्रालयले बुधवार एक सूचना प्रकाशित गर्दै सिंहदरबार प्रवेशमा नयाँ व्यवस्था लागू भएको जनाएको छ । मन्त्रालयले हा...

माघ ४, २०७८

सर्वोच्च अदालतका केही न्यायाधीश, मुख्य रजिस्ट्रारलगायत ३१ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै अदालतले आगामी दुई हप्ता (माघ ५ देखि १८ गते) विभिन्न सेवाहरूमा कटौती गरेको छ ।  सर्वोच्च अदालतको पूर्ण ब...

पुस २९, २०७८

नेपाल विद्युत् प्राधिकरणले सेवाग्राहीलाई सहजरूपमा सेवा दिने भन्दै पटकपटक सार्वजनिक प्रतिबद्धता जनाएको छ । कुनै पनि काम सात दिनभित्र सम्पन्न गर्ने नीतिगत व्यवस्था पनि गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...