×

NMB BANK
NIC ASIA

बढ्यो इन्द्रसरोवरको जलाशय सतह

असोज १८, २०७८

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र अनलाइन
Premier Steels
Marvel

कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेपछि कुलेखानी खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

Muktinath Bank

जलाशय क्षेत्रमा भइरहेको वर्षाका कारण आइतबार मध्याह्नबाट जलाशयको सतह बढेर समुद्री सतहबाट एक हजार ५२९ दशमलव ९५ मिटर पुगेको छ । पानीको सतह बढेसँगै बढी भएको पानी ड्याम्पसँगै रहेको द्वारबाट जाने क्रम सुरु भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख धीरेन्द्र चौधरीले जलाशय भरिन अब पाँच सेन्टिमिटर मात्र बाँकी रहेको बताउँदै जलाशयमा हावासँग उठ्ने छालका कारण बढी भएको पानी पोखिएर कुलेखानी खोलामा मिसिन थालेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

पानीको सतह बढ्ने क्रम जारी रहेको र जलाशय क्षेत्रमा थप वर्षा भएमा जलाशय भरिएर निस्कने पानी कुलेखानी खोलामा मिसिने भएकोले कुलेखानी खोला र बागमती नदीको सतहसमेत बढेर जोखिम बढ्ने उनले बताए ।

Vianet communication
Laxmi Bank

“जलाशयमा बढी भएको पानी पठाउन गेट भने खोलेका छैनौँ”, उनले भने, “कुलेखानीका तीनवटै आयोजना दिउँसो पूर्ण क्षमतामा सञ्चालन भएको थियो ।” मागका आधारमा आयोजनाबाट विद्युत् उत्पादन हुँदै आएको उनले उल्लेख गरे ।

यसैबीच इन्द्रसरोवर गाउँपालिकाले जलाशयबाट निस्किएको पानी कुलेखानी खोलामा मिसिन थालेको बताउँदै सम्भावित जोखिमबाट बच्न पालिका क्षेत्रका बासिन्दासँग आग्रह गरेको छ । बस्ती नजिक बाढी, पहिरो र डुबानको सम्भावित जोखिम रहेको भन्दै पालिकाले नदी र खोलामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलन नगर्न र त्यस्तो क्षेत्रमा नजान सार्वजनिक सूचना जारी गरेको छ ।

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ स्थित जलाशय इन्द्रसरोवरमा गत महिनाको अन्तिम साता पानीको सतह एक हजार ५१९ दशमलव ८३ मिटर पुगेको थियो ।

कुलेखानी जलविद्युत् आयोजना पहिलोको ६०, दोस्रोको ३२ र तेस्रो जलविद्युत् केन्द्रको १४ मेगावाट विद्युत् उत्पादन क्षमता छ । कुलेखानी पहिलोबाट विद्युत् उत्पादन भएपछि निस्किएको पानी दोस्रोमा पठाएर विद्युत् उत्पादन गर्ने र दोस्रोबाट निस्किएको पानीसहित स्थानीय खोलाको पानी प्रयोग गरी सानुटारमा रहेको कुलेखानी तेस्रो जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन हुँदै आएको छ । राममणि दाहालले राजधानी दैनिकमा खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x