×

NMB BANK
NIC ASIA

गायकको ‘ठगी’ धन्दा : पूर्वप्रधानमन्त्री र मिडियालाई झुक्याउँदै ४ लाख हजम !

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ असार–  गायक हेमन मोक्तानले एचआईभी पीडित बच्चाहरूको नाममा उठेको ४ लाख रुपैयाँ ठगी गरेको भन्दै उनीविरुद्ध उजुरी परेको छ । एचआईभीपीडित बालबालिकाको तर्फबाट बेबी लाइफ होमले अपराध महाशाखा टेकुमा उजुरी दर्ता गरेको हो ।

बेबी लाइफ होममा रहेका २३ जना एचआईभी पीडित बालबालिकालाई सहयोग गर्ने भन्दै कतारमा सांगीतिक कार्यक्रम भएको थियो । त्यो कार्यक्रबाट उठेको ४ लाख १६ हजार ७५ रुपैयाँ अहिलेसम्म संस्थालाई उपलब्ध नगराएको भन्दै गायक मोक्तानविरुद्ध ठगीको उजुरी परेको छ ।

एचआईभी पीडित बालबालिकालाई सहयोग गर्ने भन्दै गायक मोक्तानले बच्चाहरूको भिडियो र फोटो खिचेर लगेको बेबी लाइफ होमका सञ्चालक राजकुमार पुनले बताए ।

बच्चाहरूको सहयोगको लागि भनेर गायक हेमनले २०७२ साल पौष २१ गते बागबजारस्थित हार्दिक होटेलमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित विभिन्न गायकहरूको उपस्थितिमा ‘फर्माइस’ नामक गीति एल्बम विमोचन गराएका थिए ।

एमाले नेता तथा पूर्वप्रधानमन्त्री नेपालमार्फत नक्कली चेक हस्तान्तरण गराउँदै गायक हेमन 



उक्त फर्माइस एल्बम बिक्रीबाट उठेको सम्पूर्ण रकम एचआईभीपीडित बालबालिकाको सहयोगको लागि दिने गायक हेमनले घोषणा गरेका थिए ।

कार्र्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले सहयोगस्वरूप ५ सय रुपैयाँ तिरेर एल्बमको सीडी किनेका थिए ।
हेमनले कतारमा ती बालबालिकाको सहयोगको लागि भनेर सर्लाही प्रवासी सेवा समाजको आयोजनामा सांगीतिक कार्यक्रम गरे । उक्त कार्यक्रमबाट सर्लाही प्रवासी सेवा समाजका तर्फबाट १ लाख ३५ हजार रुपैयाँसहित अन्य दाताबाट हेमनले ४ लाख १६ हजार ७५ रुपैयाँ संकलन गरेको विभिन्न छापा तथा सञ्चार माध्यममा प्रकाशित भएको थियो ।



कार्यक्रम नै नक्कली !

गायक हेमनले कतारमा उठेको रकम हस्तान्तरण गर्ने भन्दै प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितिमा २०७३ साल असोज १६ गते हार्दिक होटलमा कार्यक्रमको आयोजना गरे ।

त्यो कार्यक्रममा उनले ४ लाख १६ हजार ७५ रुपैयाँ सनराइज बैंकमार्फत सम्बन्धित संस्थालाई दिएको घोषणा गरे । तर उनले डमी चेक बनाएर पूर्वप्रधानमन्त्री नेपालबाट हस्तान्तरण गराएको खुलेको छ । चेक लिन बेबी लाइफ होमका कुनै प्रतिनिधि उपस्थित भएनन् ।

खासमा गायक हेमनले बेबी लाइफ होमका राजकुमार पुनसँग ‘अहिलेलाई पैसा छैन, पछि तपाईंहरूलाई पैसा मिलाउँला, अहिलेलाई डमी चेक भएपनि लिन कार्यक्रममा उपस्थित हुनप–यो’ भनी अनुरोध गरेको खुलेको छ ।
‘त्यस्तो अनुरोध सुनेपछि हामी डमी चेक लिन कार्यक्रममा उपस्थित भएनौं,’ उक्त होमका राजकुमार पुुनले लोकान्तरसँग भने ।

तर कार्यक्रममा बेबी लाइफ होमको प्रतिनिधि भन्दै रिना शाही नामकी एक युवतीलाई पूर्वप्रधानमन्त्रीले चेक हस्तान्तरण गरेको पत्ता लागेको छ । गायक हेमनले एचआईभीपीडित बालबालिकालाई सहयोग गरेको भन्दै विभिन्न छापा तथा अनलाइनमा समाचार प्रकाशित भएको थियो ।

पूर्वप्रधानमन्त्री नेपाल र मिडियालाई गायक हेमनले नमज्जैले झुक्काएको स्पष्ट देखिन्छ ।
कार्यक्रममा बेबी लाइफ होमका कुनै प्रतिनिधिसमेत उपस्थित नभएको र नेता नेपालमार्फत हस्तान्तरण गर्न लगाइएको चेक डमी भएको मिडियाले चालै पाएनन् । गायक हेमनको ठगीको शैली नेता नेपालले समेत चाल पाउन नसकेको देखिएको छ ।

त्यही कार्यक्रममा नेता नेपालले हेमन मोक्तान फाउन्डेसन संस्थाको उद्घाटन समेत गरेका थिए । उक्त संस्था अहिलेसम्म दर्ता भए/नभएको पुष्टि हुन सकेको छैन ।

उता गायक हेमनले भने आफूलाई राजकुमार पुनले धोका दिएको आरोप लगाए ।

‘कार्यक्रममा आउँछु भनेका राजकुमारले कार्यक्रममको अन्तिम समयमा धोका दिए,’ उनले लोकान्तरसँग भने । हेमन मोक्तान फाउन्डेसन भने कम्पनीका रूपमा दर्ता भएको गायक हेमनले दाबी गरे ।

विभिन्न मिडियामा गायक हेमनले ४ लाख रुपैयाँ बराबरको रकम बेबी लाइफ होमका एचआईभी संक्रमित बालबालिकालाई सहयोग गरेको समाचार छापिएको थियो ।

रकमबारे सोधखोज

एचआईभी संक्रमित बालबालिकालाई आफूहरूले दिएको रकम पुग्यो किन पुग्ने भनेर कतारमा रहेको सर्लाही प्रवासी सेवा समाजका अध्यक्ष पेम्बा गेलानले बेबी लाइफ होमका सञ्चालक राजकुमार पुनलाई इमेल पठाएका थिए ।
राजकुमारले उनलाई अहिलेसम्म रकम नपाएको जवाफ पठाए । रकम नपाएको खबर पाएपछि गायक हेमनसँग सर्लाही प्रवासी सेवा समाजका सदस्यहरू रुष्ट बनेका छन् ।

कतारमा गएर पैसा उठाएको समाचार आएपछि बेबी लाइफ होमका सञ्चालक राजकुमारले एचआईभी संक्रमित बालबालिकाको नाममा उठेको रकम संस्थालाई उपलब्ध गराउन पटकपटक आग्रह गरेका थिए । तर गायक हेमनले अक्षयकोषको स्थापना गरेर मात्रै रकम हस्तान्तरण गर्ने अडान लिएका लिँदै आएका थिए ।

‘नक्कली कार्यक्रम गरेर रकम हस्तान्तरण गरेको दाबी गरेको पनि महिनौं बितिसकेको छ । तर यसबीचमा न हेमनले अक्षयकोष स्थापनका लागि कुनै पहल गरे, न संस्थाको नाममा पैसा नै जम्मा गरे,’ होमका सञ्चालक राजकुमार पुनले थपे ।

राजकुमारले रकम उपलब्ध गराउन पटकपटक ताकेता गरेपछि गायक हेमनले २०७३ साल जेठ २१ गते सनराइज बैंकको नाममा रहेको एक लाख २८ हजार रुपैयाँको चेक दिएका थिए ।

बेबी लाइफलाई गायक हेमन दिएको पैसा नभएको चेक ।


‘चेक लिएर बेबी लाइफको सिभिल बैंकस्थित एकाउन्टमा जम्मा गर्न खोज्दा भने उक्त चेक बाउन्स भयो । खातामा पैसा नै नरहेको बैंकले जानकारी दियो । उक्त चेक लिएर तीनपटकसम्म बैंक जाँदा पनि खातामा पैसा भेटिएन र तीनपटकसम्म नै हेमनले दिएको चेक बाउन्स भयो,’ पुनको भनाइ छ ।

राजकुमारले पटकपटक रकम दिन आग्रह गरेको र टार्न नसकेर पैसा नभएको चेक दिएको गायक हेमनले स्वीकार गरे ।
‘पैसा नभएको चेक दिएर मैले गल्ती गरें,’ गायक हेमनले लोकान्तरसँग भने ।

यस विषयमा लोकान्तरले विस्तृत जानकारी माग्दा गायक हेमनले बेबी लाइफ होमलाई आफूले अक्षयकोषमार्फत मात्रै पैसा दिने र संस्थाको नाममा पैसा नदिने बताए ।

गायक हेमनले बेबी लाइफ होमलाई दिएको बाउन्स भएको चेक ।


हेमनले अक्षयकोष स्थापना गर्ने पटकपटक बताएपनि त्यसका लागि कुनै पहल गरेका छैनन् । कतारमा रहेका प्रवासी नेपालीले एचआईभीपीडित बालबालिकाको नाममा दिएको ४ लाख १६ हजार ७५ रुपैयाँ पनि सम्बन्धित संस्थाका बालबालिकालाई दिएका छैनन् ।

अक्षयकोष स्थापना गर्न नसकेकै कारण बच्चाहरूको नाममा दिन लागेको पैसा दिन नसकेको हेमनको दाबी छ । एचआईभी पीडित बालबालिकाको नाममा उठेको रकम अहिलेसम्म नपाएको भन्दै बेबी लाइफ होमका सञ्चालक पुन अहिले केन्द्रीय बालकल्याण परिषद् पुगेका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x