×

NMB BANK
NIC ASIA

नेपालको अस्कर कमिटीले माग्यो अस्कर पठाउने फिल्म

असोज १८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

९४औं एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) मा सहभागिताका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आवेदन खुल्ला गरेको छ । समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मकर्मीले असोज १९ गतेदेखि कात्तिक ४ गतेभित्र नेपालको अस्कर कमिटीलाई फिल्म बुझाउन आग्रह गरेको छ ।  द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेसले  सन् २०२२ मार्च २७ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा ९४औं एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) प्रदान गरिने जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

हरेक वर्ष फ्रेब्रुअरीमा हुँदै आएको अस्कर अवार्ड कोरोना महामारीका कारण गत वर्ष दुई महिना पछाडि धकेलिएको थियो । यो वर्ष भने एक महिना मात्र पर सरेको छ अर्थात फेब्रुअरीमा हुँदै आएको अवार्ड मार्चमा हुनेछ । महामारीकै कारण अस्करले सहभागिताका लागि अघिल्लो साल केही नियममा पनि परिवर्तन गरेको थियो जुन यो साल पनि निरन्तर रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्ला वर्षहरुमा कुनै पनि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, अघिल्लो वर्ष झैं यसपटक पनि महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेका फिल्मले पनि अस्कारमा सहभागिता जनाउन पाउनेछन् । यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र बुझाउनु पर्नेछ ।  त्योसँगै यसरी रोकिएका फिल्महरू सिनेमा हलमा नलागी अनलाइन स्थापित व्यवसायिक स्ट्रिमिङ साइट वा भिडियो अन डिमाण्डमा आएका छन् भने तिनले पनि सहभागिता जनाउन सक्ने भएका छन् ।


Advertisment
Nabil box
Kumari

नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेशनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाँई र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् ।

Vianet communication
Laxmi Bank

प्रेस विज्ञप्ती

(९४औं अस्कर अवार्ड प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागिता गर्ने सम्बन्धी सूचना)

                द एकेडेमी अफ् मोशन् पिक्चर आर्टस् एन्ड् साइन्सेसद्वारा सन् २०२२ मार्च २७ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलस्को डल्बी थिएटरमा ९४औं एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) प्रदान गरिने तय भएको छ ।

                कोभिड–१९ महामारीको कारण छनोट प्रक्रियाको नियममा सामान्य परिवर्तन गरी यो साल फिल्म पठाउने समय सीमा एक महिना पर धकेलिएको छ । अघिल्ला वर्षमा अक्टोबर १ सम्ममा फिल्म छनोट गरी पठाइसक्नु पर्ने थियो भने यो साल सन् २०२२ नोभेम्बर १ तारीख अर्थात् वि.सं. २०७८ कार्तिक १५ गतेभित्रमा अस्करको कार्यालयमा फिल्म पुग्ने गरी पठाइसक्नु पर्ने प्रावधान राखिएको छ । महामारीका कारण रिलिज गर्ने समय सीमा तोकेर पनि रिलिज हुन नसकेको फिल्मका लागि पनि यो साल अस्कर अवार्ड केही लचिलो बनेको छ ।

                उक्त पुरस्कारको प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन ‘अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)’लाई एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने नेपालको तर्फबाट एउटा उत्कृष्ट चलचित्र छनोट गरी सो प्रतियोगितामा प्रतिस्पर्धी चलचित्रका रूपमा सिफारिस गरी जानकारी गराउन उक्त संस्थाबाट अनुरोध पत्र प्राप्त भएकाले ९४औं अस्कर अवार्ड प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई आफ्नो चलचित्र २०२१ अक्टोबर १९ तारिख अर्थात् मिति २०७८ कार्तिक २ गते मंगलबार दिनको १२ बजेभित्र यस समितिको सचिवालयमा सम्पर्क गरी The International Feature Film Submission Requirements Checklist बमोजिमका कागजातहरू सहित दर्ता गराउनु हुन यस समितिको मिति २०७८ असोज १८ गतेको निर्णयानुसार यो छनोट समिति सबैमा आह्वान गर्दछ ।

–        प्रतिस्पर्धामा भाग लिन चाहेको चलचित्र सन् २०२१ जनवरी १ देखि २०२१ डिसेम्बर ३१) गतेभित्र सार्वजनिक प्रदर्शन भइसकेको हुनु पर्नेछ ।

–  अस्कर कमिटिको परिवर्तित नियमानुसार अघिल्ला वर्षहरुमा कुनैपनि सिनेमा हलमा रिलिज भएर कम्तीमा हप्ता दिनसम्म सार्वजनिक प्रदर्शन भएकै हुनुपर्ने नियम भएकोमा यो साल यसरी हलमा रिलिज मिति तय भएको तर कोभिड–१९ महामारीका कारण हल बन्द भइ रिलिज हुन नसकेका फिल्महरूले समेत अस्करको प्रतिस्पर्धामा सामेल हुन पाउने भएका छन् ।

       यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको प्रमाण सहितको पत्र अस्कर कमिटीलाई बुझाउनु पर्नेछ । त्योसँगै यसरी रोकिएका फिल्महरू सिनेमा हलमा नलागी अनलाइन स्थापित व्यवसायिक स्ट्रिमिङ साइट वा भिडियो अन डिमाण्डमा आएका छन् भने तिनले सहभागिता जनाउन सक्ने भएका छन् ।

दरखास्तका साथमा निम्न कागजात र तिनका सफ्टकपी समेत संलग्ग्न गर्नुपर्ने छः

–        निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकहरूको नामावली (क्रेडिट टाइटल्स् पर्दामा देखिने क्रममा), अंग्रेजीमा अनुवाद गरिएको,

–        अंग्रेजी भाषामा लेखिएको चलचित्रको संक्षिप्त सारांश (Synopsis of the film),

–        निर्देशकको बायोग्राफी र फिल्मोग्राफी, अंग्रेजीमा अनुवाद गरिएको (Director's biography and filmography, in English translation),

–        चलचित्र प्रदर्शन गराउँदा उक्त चलचित्र सात दिनभन्दा बढी चलचित्रघरमा सार्वजनिक प्रदर्शन भएको प्रमाणित गर्ने समाचार तथा सञ्चार माध्यमहरूमा छापिएका विज्ञापनका कटिङहरू (Published advertisements verifying the seven-day theatrical run)।

छनोट गरिने चलचित्रले थप निम्नानुसारका सामाग्रीहरूको समेत तयार गरिराख्नु पर्नेछः

–        सम्बन्धित चलचित्रका ३ देखि ५ वटा स्थिर फोटाहरू (3-5 representative stills from the film),

–        निर्देशकको फोटो (Director's photograph),

–        चलचित्र रिलिज हुँदाको पोस्टर (Film poster* - 600 dpi tif format, RGB color mode or 40" x 27"),

–        चलचित्रको डिजिटल कपी (Digital content delivery (Streaming asset for voting purposes –
Please refer to digital specifications of Artwork, DCPs, Posters etc.  at https://submissions.oscars.org/technicalspecifications.aspx

– भोटिङ प्रयोजनका लागि छनोट भएको चलचित्रको उल्लेखित मापदण्डमा ५० थान डिभिडी प्रतिलिपिहरू बनाइ कागजको खोलमा चलचित्रको नाम, लम्बाइ, र देशको नाम मात्र उल्लेख गरी पठाउनु पर्नेछ ।

माथि उल्लेखित सम्पूर्ण विवरणहरूको डिजिटल कपीमा समेत उपलब्ध गराउन हुन अनुरोध गरिन्छ । यस सम्बन्धमा विस्तृत जानकारीका लागि समितिको सचिवालयमा सम्पर्क गर्न सकिनेछ । नेपालमा बिमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनौट गर्ने कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभलक्ष्मीनाथ शर्माप्रदीपकुमार उपाध्यायलोकेन्द्र पराजुली (कपिल)राजुबिक्रम थापाचिरञ्जीवी गुरागाईं  र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् ।

सचिवालयको सम्पर्क ठेगानाः

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)चाबहिल, काठमाडौं,

सम्पर्कः अध्यक्ष विमल पौडेल, ९८५११०४४५४, सचिव चिरञ्जीवी गुरागाईं, ९८५१०२९२००, ईमेलः [email protected]

चिरञ्जीवी गुरागाईंसचिव

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x