कात्तिक २०, २०८०
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
९४औं एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) मा सहभागिताका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आवेदन खुल्ला गरेको छ । समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मकर्मीले असोज १९ गतेदेखि कात्तिक ४ गतेभित्र नेपालको अस्कर कमिटीलाई फिल्म बुझाउन आग्रह गरेको छ । द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेसले सन् २०२२ मार्च २७ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा ९४औं एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) प्रदान गरिने जनाएको छ ।
हरेक वर्ष फ्रेब्रुअरीमा हुँदै आएको अस्कर अवार्ड कोरोना महामारीका कारण गत वर्ष दुई महिना पछाडि धकेलिएको थियो । यो वर्ष भने एक महिना मात्र पर सरेको छ अर्थात फेब्रुअरीमा हुँदै आएको अवार्ड मार्चमा हुनेछ । महामारीकै कारण अस्करले सहभागिताका लागि अघिल्लो साल केही नियममा पनि परिवर्तन गरेको थियो जुन यो साल पनि निरन्तर रहेका छन् ।
अघिल्ला वर्षहरुमा कुनै पनि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, अघिल्लो वर्ष झैं यसपटक पनि महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेका फिल्मले पनि अस्कारमा सहभागिता जनाउन पाउनेछन् । यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र बुझाउनु पर्नेछ । त्योसँगै यसरी रोकिएका फिल्महरू सिनेमा हलमा नलागी अनलाइन स्थापित व्यवसायिक स्ट्रिमिङ साइट वा भिडियो अन डिमाण्डमा आएका छन् भने तिनले पनि सहभागिता जनाउन सक्ने भएका छन् ।
नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेशनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाँई र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् ।
प्रेस विज्ञप्ती
(९४औं अस्कर अवार्ड प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागिता गर्ने सम्बन्धी सूचना)
द एकेडेमी अफ् मोशन् पिक्चर आर्टस् एन्ड् साइन्सेसद्वारा सन् २०२२ मार्च २७ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलस्को डल्बी थिएटरमा ९४औं एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) प्रदान गरिने तय भएको छ ।
कोभिड–१९ महामारीको कारण छनोट प्रक्रियाको नियममा सामान्य परिवर्तन गरी यो साल फिल्म पठाउने समय सीमा एक महिना पर धकेलिएको छ । अघिल्ला वर्षमा अक्टोबर १ सम्ममा फिल्म छनोट गरी पठाइसक्नु पर्ने थियो भने यो साल सन् २०२२ नोभेम्बर १ तारीख अर्थात् वि.सं. २०७८ कार्तिक १५ गतेभित्रमा अस्करको कार्यालयमा फिल्म पुग्ने गरी पठाइसक्नु पर्ने प्रावधान राखिएको छ । महामारीका कारण रिलिज गर्ने समय सीमा तोकेर पनि रिलिज हुन नसकेको फिल्मका लागि पनि यो साल अस्कर अवार्ड केही लचिलो बनेको छ ।
उक्त पुरस्कारको प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन ‘अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)’लाई एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने नेपालको तर्फबाट एउटा उत्कृष्ट चलचित्र छनोट गरी सो प्रतियोगितामा प्रतिस्पर्धी चलचित्रका रूपमा सिफारिस गरी जानकारी गराउन उक्त संस्थाबाट अनुरोध पत्र प्राप्त भएकाले ९४औं अस्कर अवार्ड प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई आफ्नो चलचित्र २०२१ अक्टोबर १९ तारिख अर्थात् मिति २०७८ कार्तिक २ गते मंगलबार दिनको १२ बजेभित्र यस समितिको सचिवालयमा सम्पर्क गरी The International Feature Film Submission Requirements Checklist बमोजिमका कागजातहरू सहित दर्ता गराउनु हुन यस समितिको मिति २०७८ असोज १८ गतेको निर्णयानुसार यो छनोट समिति सबैमा आह्वान गर्दछ ।
– प्रतिस्पर्धामा भाग लिन चाहेको चलचित्र सन् २०२१ जनवरी १ देखि २०२१ डिसेम्बर ३१) गतेभित्र सार्वजनिक प्रदर्शन भइसकेको हुनु पर्नेछ ।
– अस्कर कमिटिको परिवर्तित नियमानुसार अघिल्ला वर्षहरुमा कुनैपनि सिनेमा हलमा रिलिज भएर कम्तीमा हप्ता दिनसम्म सार्वजनिक प्रदर्शन भएकै हुनुपर्ने नियम भएकोमा यो साल यसरी हलमा रिलिज मिति तय भएको तर कोभिड–१९ महामारीका कारण हल बन्द भइ रिलिज हुन नसकेका फिल्महरूले समेत अस्करको प्रतिस्पर्धामा सामेल हुन पाउने भएका छन् ।
यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको प्रमाण सहितको पत्र अस्कर कमिटीलाई बुझाउनु पर्नेछ । त्योसँगै यसरी रोकिएका फिल्महरू सिनेमा हलमा नलागी अनलाइन स्थापित व्यवसायिक स्ट्रिमिङ साइट वा भिडियो अन डिमाण्डमा आएका छन् भने तिनले सहभागिता जनाउन सक्ने भएका छन् ।
दरखास्तका साथमा निम्न कागजात र तिनका सफ्टकपी समेत संलग्ग्न गर्नुपर्ने छः
– निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकहरूको नामावली (क्रेडिट टाइटल्स् पर्दामा देखिने क्रममा), अंग्रेजीमा अनुवाद गरिएको,
– अंग्रेजी भाषामा लेखिएको चलचित्रको संक्षिप्त सारांश (Synopsis of the film),
– निर्देशकको बायोग्राफी र फिल्मोग्राफी, अंग्रेजीमा अनुवाद गरिएको (Director's biography and filmography, in English translation),
– चलचित्र प्रदर्शन गराउँदा उक्त चलचित्र सात दिनभन्दा बढी चलचित्रघरमा सार्वजनिक प्रदर्शन भएको प्रमाणित गर्ने समाचार तथा सञ्चार माध्यमहरूमा छापिएका विज्ञापनका कटिङहरू (Published advertisements verifying the seven-day theatrical run)।
छनोट गरिने चलचित्रले थप निम्नानुसारका सामाग्रीहरूको समेत तयार गरिराख्नु पर्नेछः
– सम्बन्धित चलचित्रका ३ देखि ५ वटा स्थिर फोटाहरू (3-5 representative stills from the film),
– निर्देशकको फोटो (Director's photograph),
– चलचित्र रिलिज हुँदाको पोस्टर (Film poster* - 600 dpi tif format, RGB color mode or 40" x 27"),
– चलचित्रको डिजिटल कपी (Digital content delivery (Streaming asset for voting purposes –
Please refer to digital specifications of Artwork, DCPs, Posters etc. at https://submissions.oscars.
– भोटिङ प्रयोजनका लागि छनोट भएको चलचित्रको उल्लेखित मापदण्डमा ५० थान डिभिडी प्रतिलिपिहरू बनाइ कागजको खोलमा चलचित्रको नाम, लम्बाइ, र देशको नाम मात्र उल्लेख गरी पठाउनु पर्नेछ ।
माथि उल्लेखित सम्पूर्ण विवरणहरूको डिजिटल कपीमा समेत उपलब्ध गराउन हुन अनुरोध गरिन्छ । यस सम्बन्धमा विस्तृत जानकारीका लागि समितिको सचिवालयमा सम्पर्क गर्न सकिनेछ । नेपालमा बिमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनौट गर्ने कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, लोकेन्द्र पराजुली (कपिल), राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाईं र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् ।
सचिवालयको सम्पर्क ठेगानाः
अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल), चाबहिल, काठमाडौं,
सम्पर्कः अध्यक्ष विमल पौडेल, ९८५११०४४५४, सचिव चिरञ्जीवी गुरागाईं, ९८५१०२९२००, ईमेलः [email protected]
चिरञ्जीवी गुरागाईं, सचिव
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...