×

NMB BANK
NIC ASIA

जनकपुर बम काण्ड

जनकपुर बम काण्ड: चर्को पर्ने देखियो भन्दै न्यायाधीशले उल्ट्याइदिए जन्मकैद, छुट्लान् सञ्जय साह ?

असोज १८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुर बम काण्डमा जन्मकैदको सजाय पाएका पूर्व राज्यमन्त्री तथा सांसद सञ्जयकुमार साहको सजायलाई उच्च अदालत जनकपुरले घटाइदिएको छ । उच्च अदालतका न्यायाधीशहरूलाई साहमाथि तोकिएको जन्मकैदको सजाय चर्को हुने, न्यायोचित नहुने भन्दै चित्त नबुझेपछि जन्मकैदको सजाय घटाइएको हो ।  

Sagarmatha Cement
Muktinath Bank

सोही मुद्दाका अन्य प्रतिवादीहरूको हकमा शुरू जिल्ला अदालतले गरेको फैसलालाई सदर गरिएको भएपनि सञ्जय साहको हकमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग दुवै मुद्दाअन्तर्गत शुरूको जिल्ला अदालतले गरेको फैसलालाई बदर गर्दै उच्च अदालत जनकपुरले सजाय कम गरिदिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनुषा जिल्ला अदालतले साहलाई ज्यान मार्ने उद्योगमा १२ वर्ष कैद सजाय र कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजाय तोकेको थियो। तर उच्च अदालत जनकपुरका न्यायाधीशद्वय धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासबाट उक्त सजायलाई उल्ट्याइएको छ। उच्चअदालत जनकपुरका रजिस्ट्रार खडगराज अधिकारीका अनुसार कर्तव्य ज्यान मुद्दामा कसुरवार मानिएको भए पनि जन्म कैद सजाय नहुने फैसला गरिएको छ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी ज्यान मार्ने उद्योगमा १२ वर्षको कैद सजाय गरिएकोमा त्यसलाई घटाएर ७ वर्ष मात्र निर्धारण गरिएको छ। कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय र ज्यान मर्ने उद्योगमा १२ वर्षको सजाय गर्दा चर्को हुने भन्दै सजाय कम गरिएको छ ।

Vianet communication
Laxmi Bank

'सञ्जय साह उक्त बम काण्डमा प्रत्यक्ष संलग्न नभएको, बम विस्फोटन गराउने मुकेश चौधरीलाई निर्देशन दिएको भए पनि उनको प्रत्यक्ष संलग्नता नभएको तथा षड्यन्त्र गर्ने कार्यमा संलग्न भएको हुनाले कसुरवार ठहर गरिए पनि शुरु जिल्ला अदालतले गरेको सजाय चर्को भएको हुनाले उक्त फैसलालाई बदर गरेर सजाय घटाइएको हो,' रजिस्ट्रार अधिकारीले लोकान्तरसँग भने, 'घटनामा उसको प्रत्यक्ष संलग्नता नभएको, षड्यन्त्रकारीको भूमिका मात्र निर्वाह गरेको हुनाले कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय गर्दा न्यायोचित नदेखिने आदेश गरिएको छ।'

त्यतिबेला मुलुकी ऐनअनुसार नै मुद्दा चलाइएको थियो। त्यस अनुसार ज्यान मुद्दामा जन्म कैद गर्दा ज्यान महलको १३ (४) बमोजिम साहलाई पनि अन्य प्रतिवादीसँगै जन्मकैद सजाय जिल्ला अदालतले गरेको थियो। तर साह हत्याको घटनामा प्रत्यक्ष संलग्न नभएर बम विष्फोट गराउने मुकेश चौधरीलाई निर्देशन मात्र दिएको हुनाले १३ (४) बमोजिम गरिएको जन्म कैदको सजाय चर्को हुन गएको, न्यायोचित नदेखिएको भन्दै ज्यानसम्बन्धी महलको १६ नम्बर बमोजिम मात्र सजाय हुनुपर्ने भनेर उच्च अदालतले फैसला गरेको छ । जन्मकैद हुँदा चर्को हुने, न्यायोचित नदेखिने भन्दै ज्यानसम्बन्धी महलको १३(४) को साटो १६ नम्बर बमोजिम सजाय हुनुपर्ने आदेश गरिएको छ ।

रजिस्ट्रार अधिकारीका अनुसार हत्या मुद्दामा पनि साहलाई उच्च अदालतले कसुरवार ठहर गरेको छ, तर सजायको महललाई नै परिवर्तन गर्ने फैसला गरिएको हो । साविकको मुलुकी ऐनको १६ नम्बर बमोजिम हत्यामा षड्यन्त्र गरिएको कसुरमा दुई किसिमको सजायको प्रावधान छ ।

मान्छे मरेको घटना हो भने त्यसमा षड्यन्त्र गरेबापत १० देखि १५ वर्षसम्म कैद सजाय हुने, मान्छे मरेको छैन, घाइते मात्र भएको छ भने ५ देखि १२ वर्षसम्मको सजाय हुने प्रावधान छ।

ज्यान मार्ने उद्योगमा १२ वर्षको सजायलाई घटाएर ७ वर्षमा उच्च अदालतले झारेको भएपनि हत्या अर्थात् कर्तव्य ज्यान मुद्दामा उक्त सजायमध्ये कुनै एक सजाय निर्धारण गर्नका लागि आगामी कात्तिक १५ गते निर्धारण गरिएको छ।

'उक्त घटनामा ५ जना मानिसको ज्यान गएको छ भने दर्जनौं घाइते समेत भएका छन्,' रजिस्ट्रार अधिकारीले लोकान्तरसँग भने, 'अब कात्तिक १५ गते हुने बहस, मिसिल, प्रमाण आदिबाट दुईमध्ये कुनै एक सजाय अदालतले निर्धारण गर्नेछ।'

उच्च अदालतको फैसलाप्रति जाहेरवाला समेत रहेका पीडित जीवनाथ चौधरीले असन्तुष्टि जनाएका छन् ।

उनले मुद्दाको वादी रहेको सरकारी पक्षले पुनरवलोकनको निवेदन नदिए आफैं सर्वोच्च जाने चेतावनी समेत दिएका छन् ।

'यो त्रुटिपूर्ण छ । सरकारले पुनरवलोकन गरे ठीकै छ, नत्र म आफैं सर्वोच्च जान्छु,' चौधरीले भने ।

आफूलाई मार्ने प्रयोजनका लागि गराइएको बम विस्फोटमा कसुरदार ठहर गरिएको तर सोही क्रममा मृत्यु भएका ५ जनाको हत्यामा भने दोषी ठहर नगरिएको कुरा कानूनसम्मत नरहेको उनको गुनासो छ ।

साह अहिले काठमाडौंको नख्खुस्थित कारागारमा छन्। २०७१ वैशाख २१ गते पक्राउ परेका साह विगत साढे ७ वर्ष देखि कारागारमा कैद सजाय काटिरहेका छन्।

जनकपुर बम काण्डको ज्यान मार्ने उद्योगमा उच्च अदालत जनकपुरबाट ७ वर्ष मात्र सजाय किटान भएको हुनाले उक्त सजाय उनले काटिसकेका छन्। हत्या मुद्दामा ५ देखि १२ वा १० देखि १५ वर्षसम्म हुने सम्भावित दुई सजायमध्ये कुनै एक सजाय उच्च अदालत जनकपुरले किटान गरेपछि मात्र त्यसको उत्तर आउनेछ।

त्यसबाहेक पनि साहले अर्को हत्या मुद्दामा समेत जन्मकैदको सजाय काटिरहेका छन्। जनकपुरका सञ्चार उद्यमी तथा व्यापारी अरुण कुमार सिंघानियाको हत्या मुद्दामा समेत साहलाई धनुषा जिल्ला अदालतले जन्म कैदको सजाय सुनाएको छ।

धनुषा जिल्ला अदालतले गरेको उक्त फैसलाविरुद्ध साहले उच्च अदालत जनकपुरमा पुनरवलोकनका लागि मुद्दा दर्ता गराएका छन् ।

उच्च अदालत जनकपुरका रजिस्ट्रार अधिकारीका अनुसार विचाराधीन रहेको उक्त मुद्दाको पनि पेशी आगामी कार्तिक १० गतेका लागि तोकिएको छ। त्यस मुद्दामा कस्तो फैसला हुने हो त्यसको आधारमा मात्र सञ्जय कारागारबाट मुक्त हुने वा नहुने भन्ने कुरा तय हुनेछ ।

त्यसैगरी सम्पत्ति शुद्धीकरण मुद्दामा समेत विशेष अदालतले साहलाई ५ वर्ष कैद र १४ करोड २५ लाख १ हजार ७१६ बिगो असुलउपर गरी बिगोबमोजिम जरिवाना तोकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x