बूढानीलकण्ठ नगरपालिकाका सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

बूढानीलकण्ठ नगरपालिकाका सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं बूढानीलकण्ठ नगरपालिकाका सब-इन्जिनियर विनोदकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । 


Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा पौडेलविरुद्ध ७२ हजार रूपैयाँ बिगो कायम गर्दै आरोपपत्र दायर गरेको हो । 


Advertisement

पौडेलले सडक निर्माण कार्यको ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न भएपछि सेवाग्राहीसँग ७२ हजार घूस लिएको पुष्टि भएकाले आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 

आयोगले उनलाई साउन २२ मा घुससहित नियन्त्रणमा लिएको थियो । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्