×

NMB BANK
NIC ASIA

लोकान्तर फलोअप प्रभाव

सांसदलाई 'ब्याड न्युज'– खारेज भयो दशैं भत्ता

काठमाडाैं | असोज १९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चौतर्फी आलोचना र सरोकारवालाको खबरदारीपछि संघीय संसद् सचिवालयले यसपटक देखि सांसदलाई दशैं भत्ता बाँड्ने प्रचलन अन्त्य गरेको छ ।

Muktinath Bank

संसद् सचिवालयले मंगलवार दशैं भत्ताविनै असोज महिनाको तलब सांसदको खातामा पठाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघीय संसद् सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्त सिग्देलले यसपटक सांसदलाई दशैं भत्ता नपठाइएको लोकान्तरलाई जानकारी दिए । ‘माननीय सदस्य र पीएको असोज महिनाको तलब आज खातामा पठाएका छौं, तर दशैं भत्ता राखिएको छैन,’ सिग्देलले लोकान्तरसँग भने । मन्त्रिपरिषद्बाट निर्णय पनि नभएको र अर्थ मन्त्रालयबाट बजेट पनि नआएकाले असोज महिनाको तलब मात्र सांसदको खातामा पठाएको उनले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

संसद् सचिवालयले असोज महिनाको तलबबापत सांसदलाई समग्रमा २ करोड ९८ लाख ४६ हजार र सांसदका पीएलाई १ करोड ४३ लाख ७४ हजार निकासा गरेको छ । बैठक भत्ता र यातायात खर्चबाहेक सांसदहरूले मासिक ६६ हजार ७० रुपैयाँ पाउँछन् । 

Vianet communication
Laxmi Bank

मन्त्रिपरिषद्को निर्णयका आधारमा पछिल्लो दुई वर्ष मन्त्री बनेका बाहेक प्रतिनिधि सभा र राष्ट्रिय सभाका ३१० सांसद र तीनका पीएलाई दशैं भत्ता वितरण गरिएको थियो । २०७६ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा सांसदलाई पहिलोपटक दशैं भत्ता बाँडिएको थियो । केन्द्रको सिको गर्दै प्रदेश सभाले पनि सांसदहरूलाई दशैं भत्ता बाँड्न शुरू गरेको थियो । 

मन्त्रिपरिषद्को ‘गोप्य’ पत्रका आधारमा सांसदलाई २०७६ सालदेखि दशैं भत्ता बाँडिएको समाचार लोकान्तरले पहिलोपटक २०७६ असोज १३ गते खुलासा गरेको थियो ।


मन्त्रिपरिषद्को अघिल्लो वर्षको निर्णयका आधारमा २०७७ सालमा पनि दशैं भत्ता बाँडिएको समाचार लोकान्तरले प्रकाशित गरेपछि उक्त कदमको चौतर्फी विरोध भएको थियो । 

कोरोना महामारीमा जनता भोकभोकै सडकमा सांसदलाई दशैं भत्ता’ शीर्षकमा समाचार खुलासा भएपछि उत्पन्न दबाब र विरोध थाम्न नसकेर सांसदहरूले भत्ता फिर्ता गरेका थिए । तत्कालीन नेकपा, नेपाली कांग्रेस, जसपा लगायतका पार्टीले संसदीय दलमा निर्णय गराएरै संस्थागत रूपमा दशैं भत्ता फिर्ता गरेका थिए । 

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले पनि  दशैं भत्ता फिर्ता गरेर कोरोना कोषमा जम्मा गरेका थिए । 

दशैं भत्ता पाउनुपर्ने सांसदहरूको लबिङ

विरोध थेग्न नसकेर गत वर्ष दशैं भत्ता फिर्ता गरेका कतिपय सांसदले यसपटक पनि दशैं भत्ता पाउनुपर्ने माग गर्दै संसद् सचिवालयलाई दबाब दिएका थिए ।

संघीय संसद् सचिवालयका उच्च अधिकारीलाई भेटेर र फोन गरेर सांसदहरूले ‘दशैं भत्ता’ कहिले आउँछ भनेर पटक– पटक सोधीखोजी गरेका थिए । कोरोना महामारी सकिएको र अवस्था सामान्य भएको भन्दै केही सांसद संसदका महासचिवको कार्यकक्ष र संसदको लेखा शाखामा धाइरहेका थिए । 

‘दशैं भत्ता पाउनुपर्छ भन्दै कतिपय माननीयले फोन गर्नुभएको थियो, हामीले मन्त्रिपरिषद्बाट निर्णय गराएर ल्याउनुस् भनेर जवाफ फर्कायौं,’ सचिवालय स्रोतले लोकान्तरसँग भन्यो । 

सत्तारुढ दलका केही सांसदले मन्त्रिपरिषद्बाट निर्णय गराएर ल्याउने समेत बताएका थिए ।

कोरोना महामारी सकिएकाले दशैं भत्ता पाउनुपर्ने ती सांसदहरूको जिकिर थियो । सचिवालयले सांसदका पीएलाई पनि दशैं भत्ता नदिने निर्णय गरेको छ ।

‘सचिवालयमा कार्यरत कर्मचारी र करारका कर्मचारीलाई नियमानुसार दशैं भत्ता दिएका छौं, तर माननीय सदस्यहरूलाई नदिएपछि पीएका लागि पनि दिएनौँ,’ सचिवालय स्रोतले लोकान्तरसँग भन्यो । 

सांसदलाई दशैं भत्ता दिने/नदिने विषयमा मन्त्रिपरिषद्ले निर्णय नगरेका कारण कर्मचारीलाई तलब खुवाएको एक हप्तापछि मात्रै सांसदका लागि तलब निकासा गरिएको हो । 

नेपाली कांग्रेसका सांसद दीव्यमणि राजभण्डारीले दशैं भत्ता देऊ भनेर सांसदहरूले भन्न नमिल्ने बताए । 

‘अन्य देशको तुलना र बजारको अवस्थाअनुसार नेपालका सांसदलाई दिएको सुविधा समयानुकूल छैन, तर पनि दशैं भत्ता देऊ भनेर भन्न मिल्दैन,’ सांसद राजभण्डारीले लोकान्तरसँग भने, ‘यदि कम भयो भने, सांसदलाई के के पुगेन भनेर हामी संसदमा छलफल गरौं, समितिमा छलफल गरौं ।’

अर्का एक सांसदले दशैं भत्ताका नाममा आफूहरूलाई बदनाम गर्न खोजिएको गुनासो गरे ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले सांसदलाई बदनाम गराउने दशैं भत्ता कटौती गरेको भन्दै सरकार र संसद सचिवालयलाई धन्यवाद दिए । 

‘जनताले कुनै सुविधा नपाउने, सांसदलाई दशैं भत्ता दिने कुरा अनैतिक थियो, यो रोकिनु ज्यादै राम्रो कुरा हो,’ रायमाझीले लोकान्तरसँग भने । 

अर्की एक सांसदले सांसदको सुविधा भने निकै कम रहेको गुनासो गरिन्।

‘दायाँबायाँ चलखेल गर्न नसक्ने सांसदलाई सरकारले दिएको तलबले काठमाडौंमा जीवन धान्न धौधौ त छ, त्यसैमाथि दललाई चर्को लेबी बुझाउनुपर्छ,’ ती सांसदले भनिन्, ‘राज्यले हामीलाई दिएको सुविधाले कार्यकर्तालाई चिया खुवाउनै पुग्दैन ।’ 

‘राज्यले पनि दिन हुन्न, सांसदले पनि लिन हुन्न’

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री गणेश साह सांसदले दशैं भत्ता लिने काम अनैतिक भएको बताउँछन् । 

‘जनताका प्रतिनिधि सांसदलाई कर्मचारीलाई जस्तो अतिरिक्त भत्ता जरुरी छैन, राज्यले दिनु पनि हुँदैन, लिनेले पनि लोभ गर्नु हुँदैन’ राजनीतिमा पारदर्शिताको वकालत गर्दै आएका पूर्वमन्त्री साहले लोकान्तरसँग भने । 

आफू सांसद रहँदा नागरिकताको आधारमा संसद् सचिवालयले घरभाडा उपलब्ध गराएको भएपनि आफूले फिर्ता गरेको उनले स्मरण गरे । ‘नागरिकताको आधारमा सचिवालयले मलाई पीएमार्फत घरभाडा दिएको रहेछ, काठमाडौंमा घर भएकाले मैले त्यो भत्ता लिनु हुँदैन भनेर फिर्ता गरेको थिएँ,’ २०६३ सालको अन्तरिम व्यवस्थापिका संसद्मा सदस्य रहेका साहले लोकान्तरसँग भने । 

संसदीय खुलापनको वकालत गर्दै आइरहेका फ्रीडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले सांसदलाई दशैं भत्ता काट्ने निर्णय सुशासनका लागि एउटा राम्रो कदम भएको बताए । 

‘चुनाव जितेर आएको दिनदेखिकै तलब खाने जागिरे मनोवृत्ति हाम्रा सांसदमा देखिन्छ । कर्मचारीले जस्तो वृत्ति विकास गर्न खोज्नु गलत हो,’ दाहालले लोकान्तरसँग भने, ‘जनप्रतिनिधि भनेको स्वयंसेवी पद भएकाले उनीहरूले आधारभूत सुविधाबाहेक अन्य कुरामा लोभ गर्नुहुँदैन ।’ कतिपय देशमा सांसदहरूले काम गरेको दिनको मात्र बैठक भत्ता लिने गरेको उनले स्मरण गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x