×

NMB BANK
NIC ASIA

एनसेलको चाडपर्व योजनाः पेजी डेटा शुल्क प्रति एमबी मात्र रु १ र रिचार्जमा आकर्षक बोनस ब्यालेन्स वा डेटा पाइने

असोज २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले यसपालीको चाडपर्वलाई थप उमंगमय बनाउँदै विभिन्न योजनाहरु ल्याएको छ ।

Muktinath Bank

चाडपर्वको अवसरमा एनसेलले पे एज यू गो (पेजी) डेटा शुल्कलाई घटाई प्रति एमबी रु १ बनाएको छ र यसका साथै ग्राहकले अब रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा बोनस स्वरुप ब्यालेन्स वा डेटा पाउन सक्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो योजनासँगै एनसेलका ग्राहकले अब सुलभ दरमा कुनै पनि प्याक खरिद नगरी आफ्नो मेन ब्यालेन्सबाटै डेटा प्रयोग गर्न सक्छन् । ग्राहकले ५० प्रतिशत छुटमा कर बाहेक रु १ प्रति एमबीमा डेटा सेवाको फाइदा लिन सक्छन् । 


Advertisment
Nabil box
Kumari

दशैं, तिहार र छठको पावन अवसरमा ल्याइएको पेजी अन्तर्गत रु १ प्रति एमबी अफर बुधवार (असोज २०) देखि लागु भएको छ भने रिचार्जमा बोनस योजना शुक्रबार (असोज २३) देखि लागु हुनेछ । यो योजना ९० दिनको लागि मान्य रहनेछ । 

Vianet communication
Laxmi Bank

रिचार्जमा बोनस योजना अन्तर्गत, ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस ब्यालेन्स तथा डेटा प्राप्त गर्नेछन् । रु ५० देखि रु ९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ५ देखि १० प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५० एमबी देखि २५० एमबीसम्म एक दिनको समयसिमा रहेको डेटा भोलुम प्राप्त गर्दछन् । 

त्यस्तैगरी रु १०० देखि रु १९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले तीन दिनको समयसिमा रहेको ५ देखि १२ प्रतिशतसम्म बोनस ब्यालेन्स वा १५० एमबी देखि ५०० एमबीसम्मको डेटा भोलुम प्राप्त गर्दछन् । रु २०० वा सो भन्दा बढि रिचार्ज गर्ने ग्राहकले ५ दिनको समयावधि रहेको ५ देखि १५ प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५०० एमबी देखि १५०० एमबीसम्म डेटा भोलुम पाउँनेछन् ।

डेटा प्याकमार्फत डेटा प्रयोग सबैभन्दा राम्रो विकल्प भएतापनि पेएजयूगो अर्थात पेजी शुल्कमा छुटले ग्राहकमाझ मेन ब्यालेन्सबाट पनि सुलभ दरमा डेटा सेवा सुनिश्चित गरेको छ । चाडपर्वको अफर अन्तर्गत पेजीमा छुट र रिचार्जमा बोनस योजनाले ग्राहकलाई ठूलो महत्व राख्ने र उनीहरुलाई आफ्ना परिवारजन, साथीभाईसँग सम्पर्कमा रहिरहन थप मद्दत गर्ने विश्वास लिएको एनसेलले जनाएको छ । 

एनसेलले बुधवार (असोज २०) चाडपर्वकै अवसरमा ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसिया, यूनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका सहितको आकर्षक योजना पनि ल्याएको घोषणा गरेको थियो ।

यसका साथै विदेशमा रहेका परिवारजन वा साथीभाईबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता १ स्मार्टफोन पाउन सक्छन् । यो योजना बिहीबार (असोज २१) बाट पाँच हप्ता संचालनमा रहनेछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x