×

NMB BANK
NIC ASIA

दशैं भत्ता

प्रदेश २ का सांसदलाई पनि दशैं भत्ता, फिर्ता गर्छौं भनेको अघिल्लो वर्षको रकम समेत पचाए !

असोज २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय सांसदलाई यस वर्षदेखि दशैं भत्ता रोक्का गरिए पनि प्रदेश नम्बर २ का सांसदहरूलाई भने दशैं भत्ता निकासा गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश सभा सचिवालय स्रोतका अनुसार यस वर्ष ९२ जना सांसदलाई दशैँ भत्ता बापत ५५ लाख रुपैयाँभन्दा बढी रकम निकासा भइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'९० जना सांसद, १ जना सभामुख र १ जना उपसभामुखसहित कुल ९२ जना सांसद, संसदीय पदाधिकारीसहितका लागि दशैं भत्ताबापतको रकम निकासा भएको छ,' स्रोतले भन्यो, 'असोज महिनाको तलब र दशैं भत्ता एकमुस्ट रूपमा आजै सांसदहरूको खातामा आउने छ ।'


Advertisment
Nabil box
Kumari

गत वर्ष पनि प्रदेश सभाका सांसदहरूलाई दशैँ भत्ता खुवाइएको समाचार लोकान्तरमा समाचार प्रकाशित भएपछि जनस्तरबाट आलोचना हुँदा सबै राजनीतिक दलले दशैं भत्ता फिर्ता गर्ने घोषणा गरेका थिए।

Vianet communication
Laxmi Bank

नेपाली कांग्रेस, तत्कालीन नेकपा, तत्कालीन जसपा सबैले प्रेस विज्ञप्ति नै जारी गरेर दशैं भत्ता फिर्ता गर्ने घोषणा गरेका थिए।

पार्टीको केन्द्रीय कार्यालयले घोषणा गरेपछि प्रदेशस्थित विभिन्न पार्टीका संसदीय दलका नेताहरूले विज्ञप्ति जारी गर्दै खातामा आइसकेको दशैं भत्ता फिर्ता गर्ने लिखित विज्ञप्ति जारी गरेका थिए। तर प्रदेश २ मा कुनै पनि दलका सांसदले दशैं भत्ता फिर्ता गरेनन्।

'पार्टीको केन्द्रबाट नै निर्देशन भएपछि बाध्य भएर प्रदेश २ का हरेक राजनीतिक दलको संसदीय दलको बैठक बसेर दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेका थिए,' प्रदेश सभा सचिवालयका ती कर्मचारीले भने, 'सबै दलले दशैं भत्ता फिर्ता गर्ने भनेर लिखित विज्ञप्ति जारी गरेर लोकप्रियता कमाए पनि रकम भने कसैले फिर्ता गरेनन् ।'

मौखिक रूपमा ताकेता गर्दा पनि रकम फिर्ता नभएको उनको भनाइ छ ।

'प्रदेश सभा सचिवालयले उक्त निर्णयानुसार फिर्ता हुन्छ भनेर वर्षभरि कुरेको मात्र थिएन, दलका नेताहरूलाई मौखिक रूपमा ताकेता पनि गरेको थियो,' प्रदेश सभा सचिवालयका ती कर्मचारीले भने, 'तर कुनै पनि दलले खाइपाई आएको उक्त रकम फिर्ता गर्नका लागि औपचारिक रूपमा प्रदेश सभा सचिवालयलाई लिखित पत्र नै पठाएनन्, दशैं भत्ता फिर्ता हुन सकेन।'  

प्रदेशमा सांसदहरूले उक्त सुविधा पाउनका लागि ऐनमा नै व्यवस्था गरेका छन् ।

चाड पर्व खर्च शीर्षकमा १ महिनाको पारिश्रमिक बराबरको रकम प्रदेश सभा सदस्य तथा प्रदेश सभा पदाधिकारीले पाउने गरी ऐन बनाइएको छ । ऐन अनुसार उक्त चाडपर्व खर्च दशैंमा दिने गरिएको  छ।

त्यस अनुसार यसवर्ष पनि सभामुख सरोज कुमार यादवलाई ६८ हजार ४४० रुपैयाँ, उपसभामुख उपमा कुमारी देवलाई ६७ हजार २५ रुपैयाँ, संसदीय दलका नेता, विभिन्न संसदीय समितिका सभापतिलाई ६५ हजार ५३० रुपैयाँ, दलका प्रमुख सचेतकलाई ६१ हजार ४८० रुपैयाँ र प्रदेश सांसदलाई ६१ हजार २० रुपैयाँ निकासा गरिएको छ ।

सांसदलाई ६१ हजार २० रुपैयाँको दरले मासिक पारिश्रमिक दिने गरिएको छ। सोही अनुसार दशैं भत्ता पनि प्रत्येक वर्ष पठाउने गरिएको छ।

एक जना प्रदेश सांसदले मासिक पारिश्रमिकबाहेक घर भाडा, पानी, बिजुली, सञ्चार आदि सुविधाका लागि मासिक २२ हजार रुपैयाँ सुविधा पाउने गरेका छन्।

त्यसैगरी प्रदेश सभाको बैठक बसेको दिन १ हजार रुपैयाँ बैठक भत्ता र ५ सय रुपैयाँ यातायात भत्ता दिने गरिएको छ। त्यसैगरी भ्रमण गर्दा १ दिनको २ हजार ५ सय रुपैयाँ भ्रमण भत्ता समेत दिने गरिएको छ।

त्यस बाहेक प्रदेश सांसदलाई एक जना स्वकीय सचिवको समेत सुविधा दिने गरिएको छ। स्वकीय सचिवलाई मासिक ३७ हजार ९९० रुपैयाँ पारिश्रमिक दिने गरिएको छ।

विगतमा स्वकीय सचिवको पारिश्रमिक वापतको रकम पनि विना भरपाई सांसदले आफ्नै बैंक खातामा बुझ्दै आएका थिए।

तर अहिले सबै सांसदका स्वकीय सचिवको छुट्टै खातामा पैसा जाने गरेको प्रदेश सभा सचिवालयको ती कर्मचारीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x