×

NMB BANK
NIC ASIA

एमालेले राजीनामा मागेपछि लेखा समिति सभापतिले भने– २० वर्षको अवधिमा त्यस्तो भएको मलाई थाहा छैन !

असोज २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नो राजीनामा मागेपछि सार्वजनिक लेखा समितिका सभापति भरत शाहले सभापति पद छाड्ने कि नछाड्ने आफ्नो स्वेच्छाको कुरा भएको बताएका छन् ।

Muktinath Bank

२०५६ सालदेखि नै आफू सार्वजनिक लेखा समितिमा बस्दै आएको भन्दै उनले २० वर्षको अवधिमा कसैले पनि राजीनामा गएर गएको आफूलाई थाहा नभएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा एमाले सांसद गोकुल बाँस्कोटाले लेखा समितिको सभापति प्रतिपक्षी दलको हुने भन्दै साहको राजीनामा मागेका थिए ।


Advertisment
Nabil box
Kumari

'संसदीय मान्यताअनुसार लेखा समिति प्रतिपक्षी दलले पाउनुपर्ने हो । अहिलेसम्म पाइएको छैन,' बाँस्कोटाले भनेका थिए, 'सत्तामा पनि आफैं, लेखा समितिमा पनि आफैं, यो संसदीय मान्यता र प्रणालीकै विरुद्धको काम हो ।'

Vianet communication
Laxmi Bank

बाँस्कोटालाई जवाफ दिँदै साहले यसअघि तत्कालीन माओवादी सत्तामा रहँदा जनार्दन शर्मा र पछि डोरमणि उपाध्याय लेखा समितिको सभापति रहेको प्रसंग सुनाए ।

उनले सभामुख र उपसभामुख एउटै दलको हुनु नहुने संवैधानिक व्यवस्थाविपरीत तत्कालीन नेकपाबाटै सभामुख र उपसभामुख कायम रहेको नजिर पनि उल्लेख गरे ।

सामान्यतया लेखा समितिको सभापति प्रतिपक्षी दलबाटै चुनिने कुरा भने सत्य रहेको उनको स्वीकारोक्ति थियो ।

'लेखा समितिको सभापति विपक्षी दलबाटै चुनिने कुरा सत्य हो,' तर २० वर्ष भयो म यो समितिमा बस्दै आएको, कसैले पनि राजीनामा गरेर गएको थाहा छैन,' साहले भने ।

कांग्रेस प्रतिपक्षमा छँदा साह समितिको सभापति चुनिएका थिए । अहिले कांग्रेस प्रमुख सत्तारुढ दल हो भने एमाले प्रतिपक्षमा पुगेको छ ।

प्रतिपक्षमा पुगेकाले एमालेले लेखा समितिको सभापतिमा दाबी गरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x