×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

बढ्दै मानसिक समस्या

काठमाडाैं | असोज २५, २०७८

NTC
TVS INSIDE

नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ ।

Sanima Bank
morang Auto yamaha

ष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ को अनुसार देशको कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको हो । तथ्याङ्कअनुसार ११ लाख जनता मानसिक समस्याको शिकार भएका छन् । यस्तै थप १३ देखि १७ वर्ष उमेरका ५ दशमलव २ प्रतिशत किशोरकिशोरीले हालको अवस्थामा मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

यसको परिणामस्वरूप ६ दशमलव ५ प्रतिशत वयस्कले तत्कालीन अवस्थामा आत्महत्याको सोच रहेको अनुभव गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोरोना महामारीमा समेत मानसिक स्वास्थ्य समस्या झनै विकराल बनेको बताए । उनले कोरोनाकालमा मानसिक स्वास्थ्यको अवस्था झनै जटिल बन्दै गएको भन्दै सङ्क्रमणको त्रास उत्पन्न सामाजिक, आर्थिक र शैक्षिक असमानता बढेको बताए ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा हरेक दिन औसत २० जना व्यक्तिले आत्महत्या गरेका छन् । विगतका वर्षभन्दा यो १३ दशमलव ७ प्रतिशतले बढी हो । मन्त्रालयका अनुसार सरकारले यस वर्ष देशभरका १३ सरकारी अस्पतालमा १० शøयाका दरले कुल १३० शøया मानसिक स्वास्थ्यका लागि छुट्याएको छ ।

हरेक वर्ष १० अक्टोबरका दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । यो वर्ष ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ विश्वभर मनाइँदैछ । नेपालमा पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्वमा सङ्घ, प्रदेश तथा स्थानीय तहमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय अभियानकै रूपमा मनाइयो । विश्व मानसिक दिवसका अवसरमा मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालसहित विभिन्न संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले मानसिक स्वास्थ्यका विषयलाई प्राथमिकता दिनुपर्ने बताए ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

उनले मानसिक समस्याले आत्महत्या जस्ता समस्या बढाएको भन्दै यसलाई रोक्नुपर्नेमा जोड दिए । त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख प्रा.डा. सरोजप्रसाद ओझाले मानसिक स्वास्थ्यका मुद्दा अझै पनि सम्बोधन हुन नसकेको बताए । उनले समाजको डर, सामाजिक लाञ्छना, भेदभाव र जनचेतनाको अभावले मानसिक समस्या लुकाउन बाध्य भएको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

३० वर्षकी एक महिलाले इटहरीस्थित एक घरमा शुक्रबारदेखि काम गर्न थालिन्। साँझ मोरङको सुन्दरहरैंचा नगरपालिका गछियास्थित बहिनीको घर जाँदै थिइन्। गछिया खोला पुलनजिक ओर्लिएर एक युवकलाई उनले ‘लोकेसन’...

माघ ९, २०७८

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिसकेको स्वास्थ्यकर्मीले ठहर गरेका छन्। पछिल्लो समय सङ्क्रमण दर ह्वात्तै बढेकाले तेस्रो लहरको कोरोना सङ्क्रमण समुदायमा फैलिसकेको उनीहरूले जिकिर गरेका हुन् ।  ...

माघ ९, २०७८

इन्टरनेट सेवा प्रदायक (आईएसपीएन)ले मुम्बइ–गल्फ रुटमा एक साताअघि आएको टागामा शक्तिशाली ज्वालामुखी विस्फोटनका कारण उत्पन्न सुनामीले बिग्रिएको इन्टरनेट सञ्जाल पूर्ण रूपमा सञ्चालन गर्न केही साता लाग्ने जनाएको छ ...

माघ ९, २०७८

कैलालीमा  भन्सारमा  चालू  आर्थिक वर्षको पहिलो छ महिनाको लक्ष्यभन्दा कम राजस्व उठेको छ । आन्तरिक राजस्व भने लक्ष्यअनुसार सङ्कलन भएको छ । कैलाली  भन्सार  कार्यालयको  चालू  आर्थ...

माघ ९, २०७८

कोभिडको तेस्रो भेरियन्टका कारण यातायात कार्यालयबाट प्राप्त हुने सेवा पुनः प्रभावित बन्न थालेका छन् ।  यातायात कार्यालयका कर्मचारीमा नै कोरोना संक्रमण देखिएको भन्दै यातायात कार्यालयहरूले सेवा कटौती शुरू ...

माघ ९, २०७८

 पहिले स्थानीय तहको निर्वाचन गर्ने कि प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन भन्ने विषयमा सत्तारुढ दलहरू विभाजित बनेका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका धेरै नेताहरू संवैधानिक व्यवस्थाअनुसार पहिले ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...