×

NMB BANK
NIC ASIA

बढ्दै मानसिक समस्या

असोज २५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ ।

Muktinath Bank

ष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ को अनुसार देशको कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको हो । तथ्याङ्कअनुसार ११ लाख जनता मानसिक समस्याको शिकार भएका छन् । यस्तै थप १३ देखि १७ वर्ष उमेरका ५ दशमलव २ प्रतिशत किशोरकिशोरीले हालको अवस्थामा मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसको परिणामस्वरूप ६ दशमलव ५ प्रतिशत वयस्कले तत्कालीन अवस्थामा आत्महत्याको सोच रहेको अनुभव गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोरोना महामारीमा समेत मानसिक स्वास्थ्य समस्या झनै विकराल बनेको बताए । उनले कोरोनाकालमा मानसिक स्वास्थ्यको अवस्था झनै जटिल बन्दै गएको भन्दै सङ्क्रमणको त्रास उत्पन्न सामाजिक, आर्थिक र शैक्षिक असमानता बढेको बताए ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा हरेक दिन औसत २० जना व्यक्तिले आत्महत्या गरेका छन् । विगतका वर्षभन्दा यो १३ दशमलव ७ प्रतिशतले बढी हो । मन्त्रालयका अनुसार सरकारले यस वर्ष देशभरका १३ सरकारी अस्पतालमा १० शøयाका दरले कुल १३० शøया मानसिक स्वास्थ्यका लागि छुट्याएको छ ।


Advertisment
Nabil box
Kumari

हरेक वर्ष १० अक्टोबरका दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । यो वर्ष ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ विश्वभर मनाइँदैछ । नेपालमा पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्वमा सङ्घ, प्रदेश तथा स्थानीय तहमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय अभियानकै रूपमा मनाइयो । विश्व मानसिक दिवसका अवसरमा मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालसहित विभिन्न संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले मानसिक स्वास्थ्यका विषयलाई प्राथमिकता दिनुपर्ने बताए ।

Vianet communication
Laxmi Bank

उनले मानसिक समस्याले आत्महत्या जस्ता समस्या बढाएको भन्दै यसलाई रोक्नुपर्नेमा जोड दिए । त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख प्रा.डा. सरोजप्रसाद ओझाले मानसिक स्वास्थ्यका मुद्दा अझै पनि सम्बोधन हुन नसकेको बताए । उनले समाजको डर, सामाजिक लाञ्छना, भेदभाव र जनचेतनाको अभावले मानसिक समस्या लुकाउन बाध्य भएको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x