माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
रूपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आइतबार झडप हुँदा चार जनाको मृत्यु भएको छ । झडपमा प्रदर्शनकारी, प्रहरी र सशस्त्र प्रहरी गरी झन्डै ५० जना घाइते भएका छन् ।
युनिभर्सल कलेज अफ मेडिकल साइनसेज (यूसीएमएस) भैरहवामा उपचारका लागि गएका आठ जना अतिक्रमणकारी र पाँच प्रहरीमध्ये चार जना अतिक्रमणकारीको मृत्यु भएको हो । केहीको अवस्था गम्भीर छ ।
यूसीएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार, मृत्यु भएका तीनमध्ये कपिलवस्तुको वाणगंगा नगरपालिका–४ का ४८ वर्षीय रमेश परियारको सनाखत भएको छ । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य तीनको भने अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । सो अस्पतालमा अन्य पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, आइतबार भएको घटनामा चार जनाको मृत्यु भएको छ । सर्वसाधारणतर्फ १६, नेपाल प्रहरीतर्फ १६ जना, सशस्त्र प्रहरीतर्फ १५ जना घाइते भएका छन् । घाइते हुनेमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राजेश उप्रेती पनि छन् ।
प्रमुख जिल्ला अधिकारी तिवारीले सार्वजनिक जग्गा छाड्न प्रशासनले पटकपटक ताकेता गरे पनि बेवास्ता गरेपछि प्रशासन संयमतापूर्वक अघि बढेको तर प्रदर्शनकारी जाइलागेपछि जवाफी आक्रमण गरेको बताए । उनले प्रदर्शनकारीले ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि बाध्य भएर गोली चलाउनुपरेको बताए । सार्वजनिक सम्पत्तिको रक्षा गर्ने सिलसिलामा गोली चलाउनुपरेको बाध्यता पनि उनले सुनाए ।
उनले भने, ‘पेट्रोल बमको छर्राले एसपी साव नै घाइते हुनुभएको छ । त्यसो त हामीले सुरुमा अश्रुग्यास, त्यसपछि हवाई फायर गरेका हौं, त्यसपछि मात्रै गोली चलाइएको हो, प्रदर्शकारीबाट आक्रमण हुन थालेपछि यो घटना हुन गयो ।’
सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । करिब दुई बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । तर, अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । सो क्रममा प्रहरीले अस्थायी रूपमा बनाइएका टहरासमेत भत्काएको छ । सो जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गरिएको थियो । त्यसबेला पनि स्थानीयवासीले विरोध गरेका थिए । राजधानी दैनिकमा खबर छ ।
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...