आईपीएल : चेन्नईको जीतपछि रोए प्रशंसक (भिडियो)

आईपीएल : चेन्नईको जीतपछि रोए प्रशंसक (भिडियो)

इन्डियन प्रिमियर लीग २०२१ को पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई हराएर फाइनलमा स्थान बनाएको छ । 


Advertisement

म्याचमा चेन्नईको स्थिति कमजोर भएको बेलामा कप्तान महेन्द्र सिंह धोनीले अन्तिममा विस्फोटक ब्याटिङ गरेर टीमलाई जीत दिलाए । यससँगै चेन्नईको टीम आईपीएलमा नवौंपटक फाइनल पुगेको हो । 


Advertisement

दिल्लीले पहिलो ब्याटिङ गर्दै १७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । चेन्नईका लागि धोनीले ६ बलमा १८ रन बनाएर दिल्लीलाई चार विकेटले हराउनका लागि योगदान गरे । 

धोनीले यसरी फिनिशरको भूमिका निर्वाह गरेको देख्दा प्रशंसकहरू भावुक भए । उनले चौका र छक्काको वर्षा गर्दा पत्नी साक्षी रमाएर झुमिन् । उनले भावुक हुँदै छोरी जीवालाई अँगालो हालिन् । 


Advertisement

धोनीले टीमलाई जीत दिलाउनेबित्तिकै स्ट्यान्डमा बसेका दुई बालबालिका पनि भावुक भए । उनीहरू रोएपछि धोनीले एउटा बलमा हस्ताक्षर गरेर उनीहरूलाई उपहार दिए । 

धोनीको यो विस्फोटक ब्याटिङको सबैले प्रशंसा गरिरहेका छन् ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्